साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकुम्बासी सुर्ता

उज्यालो दिनको खोजी, गर्दै कैयौँ जुनी बिते । यो देशका सुकुम्बासी, सुर्ता बोकी सयौँ बिते । आयो- गयो भलै होला, सुर्ता कहाँ बसोस् स्थिर । सुकुम्बासी दिगो बस्ती, बसाएर हटोस् पिर ।

Nepal Telecom ad

प्रेम घिमिरे “अग्निकवच” :

आउँदोछ सधैँ सुर्ता, जान्छ त्यसैगरी सदा ।
घरवास बिना घुम्दो, सुकुम्बासी पर्‍यो बरा ।१।

मनभित्र मझेरी छ, त्यहीँ डेरा फराकिलो ।
जमाएर बसेको छ, अशान्तिको दुखी पिलो ।२।

खोला किनारमा पुग्दा, झुप्रो त्यहीँ ठड्याउँछ ।
बाढी आयो भने देखि, आफैँलाई बगाउँछ ।३।

खाँदा डोजरको धक्का, अशान्तिमै रमाउँछ ।
पीडाको आँसु बोकेर, झुप्रो नयाँ बनाउँछ ।४।

आशाको बीउ उम्रिन्छ, माटोमा पुरिए पनि ।
सुर्ताको जीवनी चल्छ, आँधी आई उँडे पनि ।५।

फर्किरह्यो किनारामा, बाढी आई बगाउँदा ।
हाँसिरह्यो अँध्यारोमा, सपनाले सजाउँदा ।६।

भोक-प्यास भए साथी , जाडो- गर्मीसँगै तन ।
भरोसाको दियो साक्षी, बलिरह्यो मनैमन ।७।

उज्यालो दिनको खोजी, गर्दै कैयौँ जुनी बिते ।
यो देशका सुकुम्बासी, सुर्ता बोकी सयौँ बिते ।८।

आयो- गयो भलै होला, सुर्ता कहाँ बसोस् स्थिर ।
सुकुम्बासी दिगो बस्ती, बसाएर हटोस् पिर ।९।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x