साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु मान गर

शिक्षा अस्तव्यस्त हुँदा देशै भयाे ध्वस्त शिक्षा माथि उठाउने गर बन्दाेबस्त । युवा शक्ति विदेशिदा कस्काे भलाे हुन्छ भविष्य नै छैन यहाँ भन्दा मन रून्छ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

गुरूहरू सडकमा बालक छाैं घर
नयाँ वर्ष नयाँ कक्षा भयाे पर पर ।

नतिजाको टुङ्गो छैन कैले हुने हाेला
कैले जाने पाठशाला बाेकी नयाँ झाेला ?

भर्ना भई पाठशाला जाने बेला सम्म
भाेटे ताल्चा लाएको छ जतासुकै टम्म ।

समयमा पढ्ने लेख्ने हाम्राे अधिकार
कैले सम्म दिलाउछाै भन सरकार ?

उता भने बाेर्डिङले सुरू गरे कक्षा
सरकारी स्कुल कैले गर्छ प्रतिरक्षा ?

जाँचिएला कैले सम्म एस् इ इ का कापी
कैले हाेला जाँच बाह्र भन मेरा साथी ?

सरकारी गुरूहरू सरकारै सँग
दुःखी हुँदा हामी पनि भएका छाैं दङ्ग ।

गुरु चित्त दुखाउने सरकार कस्तो
नबनाए हुन्थ्यो हाेला गुरु शब्द सस्तो !

कति दिन गुरूलाई सडकमा राखी
राम हेरी कति बस्छाै नेता कुर्सी माथि ?

के नै ठूला मागहरू राखेका छन् गुरु
कुरा के हाे बुझ्नलाई गर वार्ता सुरू ?

एक थान शिक्षा ऐन देऊ भन्दा खेरि
सरकार वर्षाैंदेखि के छ हेर्या हेरी ?

दिनै पर्ने शिक्षा ऐन दिए हुन्थ्याे छिटो
ढिलासुस्ती गर्दा शिक्षा भयाे धुलाेपिठाे ।

हठ छाेड सरकार छाेड गुरु जिद्दी
एकै ठाउँ बसी कुरा हुने गर सिद्धि ।

शिक्षा अस्तव्यस्त हुँदा देशै भयाे ध्वस्त
शिक्षा माथि उठाउने गर बन्दाेबस्त ।

युवा शक्ति विदेशिदा कस्काे भलाे हुन्छ
भविष्य नै छैन यहाँ भन्दा मन रून्छ ।

गरी खाने शिक्षा देऊ गुरु मान गर
उपयुक्त शिक्षा नीति सर्कारकै भर ।

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८२।०१।०७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x