
समसामयिक चार प्रसङ्ग…
जग धर्मराएपछि चिन्ताले लागछोड हुँदैछ त्यस्कै पृष्ठभूमिमा अपवित्र गठजोड हुदैछ साउती गर्दै तानाबाना बुन्दैछन् नकचराहरु, स्थायित्वका आधारहरु पनि तोडमोड हुँदैछ ।

कुमार खड्का :
जोकरलाई प्रहर्शनले गाल्न सकिएला र खै ?
कोरा माटो आकारमा उसै ढाल्न सकिएला र खै ?
लातको भुत वातले किन मान्थ्यो होला र कठै !
पुरानै लुतो, तेल घसेर फाल्न सकिएला र खै ।? १
किन, कस्तो, के लाई राजा ? मार्गचित्र खास हुन्छ
सिद्धान्त, व्यवहारको तालमेल भए आश हुन्छ
आशङ्का छ घुमाउदै सत्ताभोगी अभिलाषा र, त
जनतालाई अवरोध केवल बकवास हुन्छ ।२
जग धर्मराएपछि चिन्ताले लागछोड हुदैछ
त्यस्कै पृष्ठभुमिमा अपवित्र गठजोड हुदैछ
साउती गर्दै तानाबाना बुन्दैछन् नकचराहरु,
स्थायित्वका आधारहरु पनि तोडमोड हुदैछ । ३
जहाँ तर्क, बुद्धि, विवेकहीन उपदेश मात्र हुन्छ
त्याहाँ नीति,कार्यक्रम बिहिन आदेश मात्र हुन्छ
अधिकारको प्रयोग ज्यादा, कर्तव्य खुम्चिन पर्दा,
दुखमा मद्धत हैन वित्थाको सन्देश मात्र हुन्छ ।४
०००
आलापोट, काठमाण्डौं ।
Subscribe
Login
0 Comments
Oldest