साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार नै छ बहिराे

नेता वा अरु जाे सुकै मुलुकमा खै साथमा देखिने कुर्सीमा छ अनेक खेल रमिता मन्त्री उता चाेखिने नेेताका गफमा छ देश अहिले टार्ने कसाे संकट हाम्राे कानुन नीति आज रमिता देखाउँदै लम्पट ।

Nepal Telecom ad

माधव पाेखरेल गाेज्याङ्ग्रे :

शिक्षा शिक्षकले दिने चलन हाे साह्रै पुरानाे थिति
हाम्राे नीति सुधार ए जहरका मन्त्री र नेता जति
हाम्राे याे सरकार नै छ बहिराे सुन्दै नसुन्ने कुरा
शिक्षा छैन भने अचेत जनमा काे भर्छ मन्त्रै पूरा ।

शिक्षा कानुन मागमा सरहरू संघर्ष गर्दा भए
नेता नीति विहीन आज किन हाे? बेकार बन्दै गए
वार्तामा छलछाम हुन्छ जहिले ढाट्ने र ठग्ने कुरा
बाेली बेठिक भाे कतै नियममा शिक्षा बिनाका कुरा ।

शिक्षा छैन भने समाज बिचमा सारा अँध्याराे हुने
हाम्राे नीति छ ध्वस्त आज किन हाे? आकाश कैले छुने
कालाे बादल लाग्छ सागर भरी आकाश गर्जन्छ नि
नेता अैा सरकार भ्रष्टपतिका साँढे सरी हुन्छ नि ।

नेता वा अरु जाे सुकै मुलुकमा खै साथमा देखिने
कुर्सीमा छ अनेक खेल रमिता मन्त्री उता चाेखिने
नेेताका गफमा छ देश अहिले टार्ने कसाे संकट
हाम्राे कानुन नीति आज रमिता देखाउँदै लम्पट ।

अर्काे कानुन मागका विषयमा चासाे हरायाे किन?
शिक्षा शिक्षककाे कि वा अन्य जनकाे माैनी बनेकाे किन ?
मन्त्री जी लु जवाफ देउ छरिताे नेता भएकाे किन?
हाम्राे माग पुरा हुँदैन त भने सर्कार छाेटाे दिन ।।

०००
गाइघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x