साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रगति

"ए ... ए अब हामीलाई अमेरिका जानुपर्दैन, अमेरिका हाम्रै देशमा आउने भएछ हैन सर ?"-पालारामले व्यङ्ग्यात्मक शैलीमा  प्रश्न गर्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“तिमीलाई भनेको थिएन चिन्ता नगर भनी !”- अनमोल विगत स्मरण गरायो। “हजुरले भनेको त ठिकै हो तर खै त काम पाइँदैन विदेश जाने पासपोर्ट आएर मात्र पनि भएन। पहिले चोरबाटोबाट गएका थुप्रै युवाहरू जेलभित्रै सडेका छन्।”- पालारामले विदेश गएकाहरूको विवरणप्रति चिन्ता गर्दै भन्यो।

“उनीहरूको गल्ती हो नि, किन चोरबाटो रोज्नु ? बिचराहरू त्यत्त्रो पैसा तिरेर उनीहरू त न घरका न घाटका पो भएका छन् । “-अनमोलले उनीहरूकै गल्ती बताउँदै दुःख ब्यक्त गर्यो।

“सर उनीहरूकाे विदेश जाने रहर थियो र ?”- पालारामले सोध्यो। “खै त के भनौँ उनीहरूलाई कसैले धकेलेको पनि त होइन नि विदेश जाउ भनेर ?”-अनमोलले आफ्नो विचार राख्यो।

“ओहो कस्तो कुरा गर्नुभयो सरले ! कसैलाई धकेल्नु पर्छ र ? देशभित्र रोजगार नभएपछि त जहान बालकको पेट पाल्नका लागि केही त गर्नै पर्यो नि। “मर्नु भन्दा बहुलाउनु राम्रो” भनेको यहि त हो।”- पालारामले प्रष्ट पार्यो।

“अब खान लगाउन कसैको देशमा गुलामी गर्न जानुपर्दैन हामीले छिट्टै यहीँ रोजगारको व्यवस्था गर्ने छौँ।
अब अमेरिका चोरबाटोबाट जानुपर्दैन ।” -अनमोलले मुस्कुराउँदै भन्यो।

“ए … ए होर सर ! यो त अति खुसीको विषय हो। कहिलेदेखि यस्तो होला सर ?”- पालारामले पनि हर्षित हुँदै प्रश्न गर्यो।

“अब छिट्टै अमेरिकी कम्पनीसँग सम्झौता गर्दैछौँ , छिट्टै कार्य सुरू गराउने छौँ।”- अनमोलले भित्रको कुरा बतायो।

“ए … ए अब हामीलाई अमेरिका जानुपर्दैन, अमेरिका हाम्रै देशमा आउने भएछ हैन सर ?”-पालारामले व्यङ्ग्यात्मक शैलीमा  प्रश्न गर्यो। अनमोल मलिन अनुहार बनाएर त्यहाँबाट हिँड्यो।

०००
दाङ घोराही १८
२०-०४-२०२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x