सुरेशकुमार पाण्डेप्रगति
"ए ... ए अब हामीलाई अमेरिका जानुपर्दैन, अमेरिका हाम्रै देशमा आउने भएछ हैन सर ?"-पालारामले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्यो।

सुरेशकुमार पाण्डे :
“तिमीलाई भनेको थिएन चिन्ता नगर भनी !”- अनमोल विगत स्मरण गरायो। “हजुरले भनेको त ठिकै हो तर खै त काम पाइँदैन विदेश जाने पासपोर्ट आएर मात्र पनि भएन। पहिले चोरबाटोबाट गएका थुप्रै युवाहरू जेलभित्रै सडेका छन्।”- पालारामले विदेश गएकाहरूको विवरणप्रति चिन्ता गर्दै भन्यो।
“उनीहरूको गल्ती हो नि, किन चोरबाटो रोज्नु ? बिचराहरू त्यत्त्रो पैसा तिरेर उनीहरू त न घरका न घाटका पो भएका छन् । “-अनमोलले उनीहरूकै गल्ती बताउँदै दुःख ब्यक्त गर्यो।
“सर उनीहरूकाे विदेश जाने रहर थियो र ?”- पालारामले सोध्यो। “खै त के भनौँ उनीहरूलाई कसैले धकेलेको पनि त होइन नि विदेश जाउ भनेर ?”-अनमोलले आफ्नो विचार राख्यो।
“ओहो कस्तो कुरा गर्नुभयो सरले ! कसैलाई धकेल्नु पर्छ र ? देशभित्र रोजगार नभएपछि त जहान बालकको पेट पाल्नका लागि केही त गर्नै पर्यो नि। “मर्नु भन्दा बहुलाउनु राम्रो” भनेको यहि त हो।”- पालारामले प्रष्ट पार्यो।
“अब खान लगाउन कसैको देशमा गुलामी गर्न जानुपर्दैन हामीले छिट्टै यहीँ रोजगारको व्यवस्था गर्ने छौँ।
अब अमेरिका चोरबाटोबाट जानुपर्दैन ।” -अनमोलले मुस्कुराउँदै भन्यो।
“ए … ए होर सर ! यो त अति खुसीको विषय हो। कहिलेदेखि यस्तो होला सर ?”- पालारामले पनि हर्षित हुँदै प्रश्न गर्यो।
“अब छिट्टै अमेरिकी कम्पनीसँग सम्झौता गर्दैछौँ , छिट्टै कार्य सुरू गराउने छौँ।”- अनमोलले भित्रको कुरा बतायो।
“ए … ए अब हामीलाई अमेरिका जानुपर्दैन, अमेरिका हाम्रै देशमा आउने भएछ हैन सर ?”-पालारामले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्यो। अनमोल मलिन अनुहार बनाएर त्यहाँबाट हिँड्यो।
०००
दाङ घोराही १८
२०-०४-२०२६
Subscribe
Login
0 Comments
Oldest






































