सुरेशकुमार पाण्डेचेतना
के भनेको त्यस्तो तिमिले ? तिमी हामी छौँ र त यो प्रकृती सुन्दर छ बातावरण दुषित छैन् समय समयमा आकासबाट पानी पर्छ।

सुरेशकुमार पाण्डे :
“मलाई त किन जन्मिएछु म भन्नेझैँ लाग्छ,सिश्वले नजिकैको साललाई भन्यो।”- के भनेको त्यस्तो तिमिले ? तिमी हामी छौँ र त यो प्रकृती सुन्दर छ बातावरण दुषित छैन् समय समयमा आकासबाट पानी पर्छ।”- सतिसालले सिश्वलाई सम्झाउन खोज्यो।
“मानव समाजलाई ब्यार्थैको झन्झड् भएको छ।हाम्रो उपस्थिति।”- सिश्वले आफू बटारिंदै भन्यो।
“मानव मात्र होइन जीव जनतु र प्रकृती जगतनै हामीले जोगाएका छौँ। मानिसले त आफूले लगाउने खाने र कागज लगायतका आफ्नो उपभोगका समानहरू हामिबाटै निर्मित गर्छन्। त्यो मात्र होइन खाना पकाउने इञ्धनको रूपमा हामीलाईनै प्रयोग गर्छन।अरू त अरू हाम्रा पातहरूबाट टपरी बनाएर त्यसैमा खान्छन्।”- सालले फेरि पनि धेरै उधारण दिंदै भन्यो।
“त्यो त ठिक हो दादा तर अपराध पनि त बढेको छ ; बन जङ्गलमा थुप्रै पापीहरू निर्दोश बालिकासँग बलात्कार गर्छन् उनीहरूको हत्या गर्छन्। हामीले चुपचाप त्यो हेरेर बस्नुपर्छ। न केही गर्नसक्छौँ न हामी त्यो अपराधीलाई सजाए दिनसक्ने मानव अदालतमा गएर गव़ा बन्नसक्छौँ मात्र तामासा हेर्ने र अपराधीहरूको गलती लुकाउने माध्यायम बनेका हुन्छौँ।”-सिश्वले आत्मागलानी गर्दै भन्यो।
“त्यसो होइन हामीले आफूलाई कसरूवार ठानेर अपराधमा भागिदार हुनुहुँदैन बरू मानविय चेतनामा धमिरा लागेको बुझ्नुपर्छ नि भाइ ।”- सतिसालले सिश्वलाई सम्झाउँदै भन्यो।
०००
दाङ घोराही १८
३०-११-२०८२
Subscribe
Login
0 Comments
Oldest






































