साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिनिधि

खाना खाइसकेपछि सबैसँग हात जोडेर भन्यो। "हस् यहाँहरूले मलाई खान दिनुभयो यति धेरै सेवा गर्नुभयो अब भोट पनि अवश्य दिनुहोला।"

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सबै जनतालाई भेँडा सम्झिने गल्ती गर्नु हुँदैन। कतिपय सचेत र जिम्मेवार नागरिक पनि हुन्छन्।”- निर्मलले एउटा चुनावी प्रचारप्रसारको द्वौरान बतायो।

आज गाउँमा प्रचारप्रसार गर्न धेरैजना आएका थिए। उनीहरूसँगै उमेदव़ार उमेश पनि थियो। निर्मलकै पहलमा आज धेरै गाउँलेहरू जुटेका थिए।

“हजुर होनी हाम्रो सानो गल्तीले सिङ्गो पार्टीलाई अझ भन्ने हो भने सिङ्गो देशलाई नोक्सान पुग्नसक्छ। हामी अत्यान्तै अनुशासित हुनुपर्छ ।”-उमेशले पनि निर्मलको कुरामा सहिछाप गर्यो।

“सर ! मेरो लालपुर्जा हरायो कसरी काम गराउँ मालपोतमा प्रुफ्र भेटिएन।”-त्यहीबेला गाउँकै एकजना कल्लु नामक ब्यक्तिले भन्यो। “ओहो चिन्ता नगरन भाइ हाम्रो नेताजी आउनु भएको छ सबै मिलाई दिनुहुनेछ।”- निर्मलले कल्लुलाई आस्वासन दिँदै नेतातर्फ पिर्लुक्कै हेर्यो। “नेताजी यसको काम गर्नुहोस् यसलाई म अल्लु बनाइदिन्छु र केही रकम पनि हजुरलाई दिलाइदिन्छु।”- निर्मलले उमेशको कानमा भन्यो। “हस् ! चिन्ता नलिनु म मिलाईदी हाल्छु ।”
उमेशले पनि खुसि हुँदै निर्मलको कानमा भन्यो। केहीबेर पछि भान्साको समय भयो।

“नेताजी यो चल्छ मकैको हो सित्तल गर्छ ?”- नेतातिर एक बटुका जाँड सर्काउँदै निर्मलले भन्छ। “भैगो नखाउँ है !”-उमेसले मुख मिठाउँदै भन्छ। “कसैले देख्दैनन् क्या लिनुहोस्।”-निर्मलले बटुको थमाउँदै भन्यो।
उसले एकै स्वासमा जाँड पनि तन्काई दियो। र अरू थाप्यो।

खाना खाइसकेपछि सबैसँग हात जोडेर भन्यो। “हस् यहाँहरूले मलाई खान दिनुभयो यति धेरै सेवा गर्नुभयो अब भोट पनि अवश्य दिनुहोला।”

“नेताजी अब हजुरलाई केको भोट ? हजुर त हाम्रो सबै परीक्षामा फेल हुनुभयो।”- त्यहाँ बसेका निर्मल लगायत सबैजसोले संयुक्त रूपमा भन्छन्।

०००
दाङ घोराही १८
१५-११-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x