साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनादेश

जहाँबाट हजुरले भन्नुहुन्छ त्यहीँबाट जितेर देखाइदिन्छु। यदि मैले हारे भने आफ्नो मुख देखाउँदैन।- धनेले वाचा गर्दै भनेको थियो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“ए ए ! को हो त्यहाँ ?”- निरजले कुनै ब्यक्ति दौड्दै पहरतर्फ गएको देख्यो र सोध्यो। साँझको समय अँध्यारो हुँदै थियो। यसबेलामा किन त्यो बनतिर दौड्दै छ। उसलाई शङ्का लाग्यो र उपनि बोल्दै नबोली उसैको पछिपछि विस्तारै बनतिर लाग्यो। ऊ एउटा रूखमा चड्न थाल्यो उसको हातमा एउटा बलियो जिउरो थियो। यसबेला ऊ रूख किन चढ्न थाल्यो ? निरजले लुकेर हेर्यो। रूख अलि अप्ठारो भएकोले ऊ रूखमा चढ्न सकेन।हारथाक भयो र ऊ एकछिन त्यहीँ बसेकै थियो निरज दौडेर नजिक पुग्यो।

“ए भाई को हौ तिमि हँ ! यसबेला किन रूख चढ्न थालेको रात परिसकेको छ।अनि यो मुखैभरी कालो मोसो किन लगाएको ?”- धनेले सोध्यो।
“म यो रूख चढ्न खोजेको चड्नै सकेन।”- उसले भन्यो।
“कतै तिमि धने त होईनौँ ?”- मुखमा कालो लगाएको भए पनि बोलीबाट निरजले चिनिहाले।
“म म..! धने नै हो क्या”-उसले भन्यो।

“अनि किन यसबेला यो रूख चड्न खोजेको अनि मुखमा मोसो कस्ले दल्यो ?”- निरजले धनेलाई झकझकाउँदै सोध्यो।

“के भनौं यार चुनाउ हारियो अनि हारेपछि आफ्नो वादा पुरा गर्नुपर्यो नी !”- उसले सफाईमा भन्यो।
“कस्तो वादा पुरा गर्ने हारेपछि ?”-निरजले प्रश्न गर्यो।
“तिमीलाई त थाहानै छ मैले चुनावमा ठुलो दाउ लगाएको।”- उसले भन्यो।
चुनाव भन्दा निरजलाई पहिलेको कुरा याद आयो।
“धेरै जिद्दी नगर यो चुनावी प्रतिसप्रदा हो हार वा जित केही पनि हुनसक्छ !”- निरजले धनेलाई सम्झाउँदै आफ्नो विचार राखेको थियो।

“कस्ता कुरा गर्नुहुन्छ ? मैले हार्न कहिल्यै सिकेको छैन । जहाँबाट हजुरले भन्नुहुन्छ त्यहीँबाट जितेर देखाइदिन्छु। यदि मैले हारे भने आफ्नो मुख देखाउँदैन।”- धनेले वाचा गर्दै भनेको थियो।

त्यो बेला त्यहाँ धेरैजना आफन्तीहरू थिए। “ए. ए. त्यसरी तिमीले आत्महत्या गर्न पो हिंडेका रहेछौ होइन ?”- निरजले केही सोंचेको झैं गर्दै भन्यो।

“हो नि साथीहरूसँग गरेको वादा त पुरा गर्नै पर्यो नि।”-ऊ मलिनो हुँदै भन्यो।
“द्यैत् कायर यस्ता कुरा पनि गर्छन् ! चुनावमा हार जित त हुन्छ । आफ्ना साथीहरूले सधैं आफ्नो साथीलाई बाँचेको देख्न चाहन्छन्। जनमतलाई सबैले स्वीकार्नुपर्छ ; बुझिस् ?”- निरजले अँगालोमा बेर्दै भन्यो।

०००
दाङ घोराही १८
२२-११-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x