साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुर्खाहरूको कुरा

जस्ले गर्छ भलो हुँदैन गतिलो, उस्को त यो राष्टमा। जो गर्ला जनको भलो मुककमा, ऊ पर्छ संकष्टमा।। साचो लाग्छ मलाइता सजनहो पुर्खाहरूको कुरा। हुन्छन् पुस्तकझै खुला नजरमा, हुन्नन् कुनै साँगुरा।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

आँधीले घरको कसिङ्गरहरू, उड्ला नसोचौ कबै।
राख्ने छैन निसान सम्म घरको, लेला उडाई सबै।।
आयो बाड भने बगाउछ सबै, राख्दैन केही पनि।
धेरै हर्ष नमान ए अबुझहो, मैला बगायो भनी।।

वर्षाको खहरे सुकेर छिनमै, जाला बिलाई कन।
फाट्ला बादलले खुलेर धरती, होला उज्यालो बन।।
चिन्ता छैन कुनै मलाइ खहरे, देखेर कत्ती पनि।
चिन्ता गर्नहुँदैन चिन्तन गरौँ, के हुन्छ होला भनी।।

गल्तीले गरदा उजाड बन भो, मासेर जो सम्पदा।
पैरो जान्छ बगेर यो समरमा, हाम्रोछ बस्ती जता।।
चिन्दैनन् जनता भलो र कुभलो, गर्नेहरूको यहाँ।
नेता हुन्छ हुँडार त्यो मुलुकमा, भेढाहरू छन् जहाँ।।

जस्ले गर्छ भलो हुँदैन गतिलो, उस्को त यो राष्टमा।
जो गर्ला जनको भलो मुककमा, ऊ पर्छ संकष्टमा।।
साचो लाग्छ मलाइता सजनहो पुर्खाहरूको कुरा।
हुन्छन् पुस्तकझै खुला नजरमा, हुन्नन् कुनै साँगुरा।।

आएको दल खोल्नलाइ परको, कोहैछ ऊ चिन्छ को।
पैसाले अधिकार किन्दछ भने, नेपालको हैन त्यो।।
जानेनन् जनले विके ति बिचरा, हाम्रा यहाका जन।
हाम्रो हालत हुन्छ नोकरसरी, कोछे कोही किन ?

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x