साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब हेर्नुपर्छ

ठूलै सपना देखाई मान्छे पुग्छ सत्तामा मान्छे या बाँदर के लगार्छ अब हेर्नुपर्छ । पींधबाट आगो लाउने छिमेकी धेरै छन् आँगनमा कसले बार बार्छ अब हेर्नुपर्छ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

कसले जित्छ कसले हार्छ अब हेर्नुपर्छ
कसले हातमा पासो पार्छ अब हेर्नुपर्छ ।

कतिले पैसा बाँडे कतिले भाषण बाँडे
हेरौं कुनले टाउको बजार्छ अब हेर्नुपर्छ।

हिजोसम्म जनताकै अगि पाउमा पर्यो
भोलि मुन्टो कसरी बटार्छ अब हेर्नुपर्छ ।

सबै समस्याको सामना गर्छु भनेको छ
भोलि उसले गर्छ कि टार्छ अब हेर्नुपर्छ ।

सबैले आश गरे विदेशीका दलालबाट
भोलि बनाउँछ कि बिगार्छ अब हेर्नुपर्छ ।

बोल्न जस्तो सजिलो गर्न कहाँ छ तनि
आफैं मर्छ या अरुनै मार्छ अब हेर्नुपर्छ ।

ठूला ठूला कुरा छन् ती जून तारा झार्ने
पात झार्छ कि फल झार्छ अब हेर्नुपर्छ ।

ठूलै सपना देखाई मान्छे पुग्छ सत्तामा
मान्छे या बाँदर के लगार्छ अब हेर्नुपर्छ ।

पींधबाट आगो लाउने छिमेकी धेरै छन्
आँगनमा कसले बार बार्छ अब हेर्नुपर्छ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x