साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भागेर जो गैगयो

जस्को जन्म पछी भयो अझ उहीँ, जेठो हुँ पो भन्दछ। पुच्छर टाँङमुनी लुकाइ कन जो, साँडेसरी बन्दछ।। हेपेको छ सधै छिमेक सबको, देखाइ दादागिरी। भुत्ते सिँह सधै उध्याइकन त्याे, गर्दैछ जो फुर्फुरी।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

सानोदेश भनेर हेप्छ जसले, नेपाल यो देशको।
अर्काको भरमा र दास नभको, संसार अर्को छको।।
सानो भो कसरी स्वतन्तर छ यो, संसारले जान्दछ।
सानो रैछ भनेर पुर्ण नबुझी, अन्जानले भन्दछ।।

आफ्नो ईतिहास ख्याल नगरी, गर्दैछ जो मनपरी।
जेठो दाजु बनेर हेप्छ जसले, जेठो भयो केगरी।।
खैरेको भुणबाट जन्म हुनगो, तेरो हिजो अँस्तिपो।
सारा सृष्टि हुने हुने बखतमा, नेपालको जन्म भो।।

जस्को जन्म पछी भयो अझ उहीँ, जेठो हुँ पो भन्दछ।
पुच्छर टाँङमुनी लुकाइ कन जो, साँडेसरी बन्दछ।।
हेपेको छ सधै छिमेक सबको, देखाइ दादागिरी।
भुत्ते सिँह सधै उध्याइकन त्याे, गर्दैछ जो फुर्फुरी।।

हाम्रा भाइहरू लडेर मरने, तेरो निमिन्ती उता।
च्यापी साँधसिमा त पो नकचरो, अन्याय गर्छस यता।।
लागेकोछ भने खिया खुकुरिमा, घोटेर चम्काउँला।
सारै हेप्न नखोज दुष्ट जन हो, ताकेर छप्काउँला।।

मेरो देह समानछैन कसकै, भन्ने गरेको छ जो।
हाम्रै कारणले त मुक्त हुनगो, दासी हिजो जो थियो।।
हाम्रा पुर्बजले गरेर सहयोग, आजाद जस्तो भयो।
गोर्खेको डरले हतास मनले अंग्रेज भागी गयो।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x