साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइमाई

ऋतुहरू आउँथे तर, हिँडिहाल्थे पहाड छोडेर पहाडले बुझिरहेथ्यो सबैकुरा र, बिना हलचल उभिरहेथ्यो समयसँगै पहाडजस्तै पहाडको अघिल्तिर उभिएकी थिई एउटी आइमाई ।

Nepal Telecom ad

डा. दामोदर पुडासैनी किशोर :

आइमाई- १
आइमाई चलमल नगरेको क्षण
ठप्प हुन्छ सारा स+सार

आइमाई नचलेपछि
सृष्टि रोकिन्छ , गति रोकिन्छ र मृत्यु रोकिन्छ
तैपनि कसैले किन ठानिरहेछ
आइमाईलाई केवल एउटा खेलौना

अहिलेसम्म आइमाईलेनै बचाएकी हो
प्रेम, यात्रा र उज्यालोलाई
उसले आँखा झिम्क्याएकै बेला
जन्मिएकोथियो सँसारमा एउटा ईश्वर

किन छैन
थकाई नामको शब्द आइमाईको शब्दकोशमा
म जीवनभर सोचिरहेछु

आइमाई- २
आज बिहानै मैले देखेँ एउटा अटल पहाड
पहाड जस्तै
पहाडको अघिल्तिर
उभिएकी थिई एउटी आइमाई

पहाडलाई
नदीहरुले छोडेर हिँडिरहेथे
चराचुरूङ्गी, रूखपात र मान्छेहरूले छोडिरहेथे
ऋतुहरू आउँथे तर, हिँडिहाल्थे पहाड छोडेर
पहाडले बुझिरहेथ्यो सबैकुरा
र, बिना हलचल उभिरहेथ्यो समयसँगै

पहाडजस्तै
पहाडको अघिल्तिर
उभिएकी थिई एउटी आइमाई ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
नीलो रङ्ग

नीलो रङ्ग

डा. दामाेदर पुडासैनी किशाेर
रातमा शहर

रातमा शहर

डा. दामाेदर पुडासैनी किशाेर
पतझर

पतझर

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x