हरिप्रसाद उप्रेतीव्यतिरेक छटाहरू
दुष्कर्मका पात्रहरूका गठजोडका प्रयत्न विकृति संरक्षणका दुस्वपनहरू अलल्लिएका सत्तालिप्साहरू छचल्किएका छन् पराजयका तरङ्गमा ।।

हरिप्रसाद उप्रेती :
अपलक मेरा दृष्टिहरू
निमग्न छन् आशन्नताको क्षितिजमा
सपनाका रेखाहरू कोरिएला भन्ने कल्पनामा
उन्नयनका चाहनाहरू
विरक्तिएका व्यथित मुहारहरू हेर्दै ।।
परिवर्नका आकाङ्क्षा बोल्दै
अन्तरघुलित भएका आग्रह
देखिएका दमित छटपटी
छरपट्ट पोखिंदै छन् फरक गन्तव्यमा।।
सुदूर क्षितिजमा चढेको लालिमा
बतासको झोंका सहेर बलिरहेछ
रित्तिने डर नमानी चम्किरहेछ
आस्थाको मधुरो रोशनी छरिरहेछ ।।
दुष्कर्मका पात्रहरूका गठजोडका प्रयत्न
विकृति संरक्षणका दुस्वपनहरू
अलल्लिएका सत्तालिप्साहरू
छचल्किएका छन् पराजयका तरङ्गमा ।।
०००
(वरिष्ठ अधिवक्ता)
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































