साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असल मान्छे

अरूलाई उकासेर बोल्न लगाउनुपर्छ अरूलाई सुर्याएर बिरोध गर्न लगाउनुपर्छ आफू पछि बसेर मौनता साँध्दै पानी माथिको ओभानो हुनुपर्छ असल मनिसको यही परिचय हो ।।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

हो ! उ एउटा असल मान्छे हो
उसलाई राम्रो नराम्रो छुट्याउन मन लाग्दैन
सत्य र असत्य दुबै बराबरी लाग्छ
उ कसैको चित्त दुखाउन चाहादैन
त्यसैले उ असल भएको छ ।।

गुहु र गोबर नछुट्याउनु पनि असलपना हो
कुकृत्यहरूको ढाकछोप गर्नु पनि असलपना हो
कुकर्मी नै भए पनि दुष्कर्मी नै भए पनि
उनीहरूलाई महान् देख्नु असलपना हो ।।

अन्यायको विरुध्द नबोल्नु
अत्याचार र व्यभिचार सहेर बसिरहनु
पक्षपात र दुर्व्यवहारमा मौन रहनु
यी सबै असल मान्छेका परिचय हुन् ।।

लेखेर को ठूलो भएको छ
बोलेर को ठूलो भएको छ
अनि बिरोध गरेर को ठूलो भएको छ
त्यसो गर्नु त आँखाको कसिङ्गर बन्नु हो
त्यसो गरेर असल मान्छे बनिदैन कहिल्यै ।।

अरूलाई उकासेर बोल्न लगाउनुपर्छ
अरूलाई सुर्याएर बिरोध गर्न लगाउनुपर्छ
आफू पछि बसेर मौनता साँध्दै
पानी माथिको ओभानो हुनुपर्छ
असल मनिसको यही परिचय हो ।।

त्यस्तै असललाई सम्मान गर्नु पर्छ
त्यस्तै असललाई दोसल्ला ओढाउनु पर्छ
प्रशंसापत्र सँगसँगै माला पहिर्याउनु पर्छ
गुनगान गाएर एउटा विशेषाङ्क प्रकाशन गर्नु पर्छ
अनि असल मानिसको परिचय दिनुपर्छ ।।

०००
काठमाडाैं
(वरिष्ठ अधिवक्ता )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
अगस्तिहरू

अगस्तिहरू

हरिप्रसाद उप्रेती
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x