साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवनबोध

अनि विचरण गर्न मनलाग्छ आफ्नै स्वतन्त्रताको उन्मुक्त आकाशमा मनोकाङ्क्षाका पङ्ख फिंजाएर बेगमार्दै निर्वाध रूपमा फैलिन मनलाग्छ ।।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

जीवनका जरादेखि हाँगाबिँगासम्म
अनि पलाउँदै झर्दै गरेका पातहरू
पाउला फेरेका मुनाहरू
टुसाएका अङ्कुरणहरू ।।

हेर्दाहेर्दै फेरिंदैछन् र झर्दैछन्
कल्पनाका हुरी बतासले
कठोरताका असिनाहरूले
चिथरेका रूपहरू हराएका छन् ।।

कहिले बिरक्तिएका खडेरी
अनि अपेक्षा र प्राप्तिका
अशन्तुलित प्रताडनाहरूलाई
पर्गेलेको बिरसिलो अनुभूति ।।

आत्मानुभूतिका पश्चातापहरू
गुमाएका अनगन्ती अवसहरू
ओइलाएका केही अपेक्षाहरू
साथी बनेका छन् एकान्तका ।।

मोहभङ्गताका सुसेलीमा
अर्थबोधक स्वर हालेर
परिप्राप्तिका सन्तुष्टी भित्र
आत्मसम्मान खोजिरहेछु ।।

आफूलाई बुझ्न नसक्ने
अनि अरूलाई चिन्न नसक्ने
अक्षमताका पहरामा ठोक्किनु पर्दा
आद्र बनेका भावना उर्लन्छन् मन भित्र ।।

अनि विचरण गर्न मनलाग्छ
आफ्नै स्वतन्त्रताको उन्मुक्त आकाशमा
मनोकाङ्क्षाका पङ्ख फिंजाएर बेगमार्दै
निर्वाध रूपमा फैलिन मनलाग्छ ।।

सफलताका उचाइमा रम्दै
अनुभवका गहिराइलाई खोतल्दै
सम्न्धका शुत्रहरूमा बाँधिएर
चल्ने गर्छ जीवनको डुङ्गा अविरल ।।

नरोकुन् कसैले नछेकुन् कसैले
सहजताका साथ बेग बिसाएर
जीवन यात्रालाई सहज पार्दै
शाश्वत सत्यलाई अङ्गाल्न मनलाग्छ ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
अगस्तिहरू

अगस्तिहरू

हरिप्रसाद उप्रेती
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
फुल्ने इरादा भए

फुल्ने इरादा भए

नदी भट्टराई
विभुषण पाउनेमा

विभुषण पाउनेमा

संप्रस पाैडेल
खरानीको होली

खरानीको होली

फित्काैली डटकम
मान्दैन मेरो मन

मान्दैन मेरो मन

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x