साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकेको मान्छे

योग्यता क्षमता हुनेको तुजुक झर्छ बोकेकालाई देखेर उ लुथ्रुक्क पर्छ आफ्नै योग्यता क्षमता तर्फ व्यङ्ग्य गर्छ मर्ने बेलामा मात्र प्रायश्चित्त गरेर मर्छ ।।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

कसैले बोक्नु नै उसको सौभाग्य हो
न त उसँग कुनै क्षमता चाहिन्छ
न त कुनै योग्यता नै चाहिन्छ
न त कुनै प्रतियोगिता नै व्यहोर्नु पर्छ ।।

रोजी छाडी गरेर उसलाई पद मिल्छ
आज भन्दा भोलि अनि भोलि भन्दा पर्सि
क्रमश: उ पदसँगै उचालिदै जान्छ
मानौ आकर्षक पदहरू उनकै लागि सिर्जिएका हुन् ।।

केवल उसले उनको साथ पाउनु पर्छ
उसबाट उनलाई फलिफाप हुनुपर्छ
कहाँ जाने कहिले जाने योजना मात्र बुन्नुपर्छ
परदेशको कि स्वदेशको हो त्यति मात्र चुन्नुपर्छ।।

बोकिए पछि आफूलाई केको डर
बोक्नेले नै होसपुर्याउनु र डराउनुपर्छ
खर्चबर्च सबै उतैबाट टर्छ
तीन पुस्तासम्म टन्न पुर्याउनुपर्छ ।।

योग्यता क्षमता हुनेको तुजुक झर्छ
बोकेकालाई देखेर उ लुथ्रुक्क पर्छ
आफ्नै योग्यता क्षमता तर्फ व्यङ्ग्य गर्छ
मर्ने बेलामा मात्र प्रायश्चित्त गरेर मर्छ ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Chandra
Chandra
1 year ago

हाम्रो समाज। बधाई।

Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
अगस्तिहरू

अगस्तिहरू

हरिप्रसाद उप्रेती
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
1
0
Would love your thoughts, please comment.x
()
x