साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अगस्तिहरू

चर्तीकलाहरु धेरै धेरै भएका छन् अनुहारहरु धेरै छन् तर स्वभाव एउटै छ यी अगस्ति पहिले सकिन्छन् कि चर्दाचर्दै देश नै पहिला सिध्याउने हुन् सबैले प्रश्न गर्न थालेका छन् ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

डाइनोसरको कथा पढिएको थियो
ऊ ठूलो पेट भएको खाएर नअघाउने थियो
जति खाए पनि आहाराको कमी हुने
तैपनि ऊ खाइरहेको थियो खोजी खोजी
अन्त्यमा ऊ विलुप्त भएको थियो एउटा कालमा।।

अहिले त्यो फेरि जन्मिएको छ रे अगस्ति भएर
उसका चार खुट्टा अहिले दुई पाउ भएका छन्
पुच्छर काटिएर पुच्छर बीनाका भएका छन्
उनीहरू टार कोट र कण्ठको जङ्गलमा छरिएर चर्ने गर्छन्
दौरा सुरुवाल लगाएर हिड्दा ठूलाबडा जस्ता देखिने
सलहले हाहाकार मच्चाए जस्तै हल्ला मच्चाउने ।।

कोही नेपालमा नै एक ठाउँ अर्को ठाउँ सर्छन्
कोही उकोसरको रुपमा बसेका छन्
कोही युखसरको रूपमा हिंड्दैछन्
कसैले गउसरको रूप धारण गरेका छन्
कसैले गोपोसरको स्वरुप धारण गरेका छन्
कुनै सूचनेसरको रुपमा चारदशकदेखि चर्दैछन्
कोही शेवदेसरको रुपमा भुँडी भर्दैछन् ।।

कोही रामशाहपथतिर कोही सिंहदरबारतिर छन्
ओल्लो वन पल्लो वन सरी सरी चर्छन्
कोही नाम फेरी फेरी चर्छन्
कोही स्वदेशमा नअघाएर विदेशतिर सर्छन् ।।

श्रृष्टिकर्ताले तिनलाई चराउँदै छन्
खै किन हो उनैलाई सधैं मन पराउँदैछन्
कहिले एउटा कहिले अर्को गरी गरी चराउछन्
सिकाएर बिच्छु बनाएका कारण
कहिले कोतर्न जाइलाग्छन्
कहिले नङ्ग्रा फिँजाएर झम्टन्छन्
हप्काउन र थलाबसाउन पल्किएका छन् ।।

अगस्तिहरूको कथा लामो भएको छ
चर्तीकलाहरु धेरै धेरै भएका छन्
अनुहारहरु धेरै छन् तर स्वभाव एउटै छ
यी अगस्ति पहिले सकिन्छन् कि
चर्दाचर्दै देश नै पहिला सिध्याउने हुन्
सबैले प्रश्न गर्न थालेका छन् ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
yogish
yogish
1 year ago

अगस्ती आफै त कहाँ सकिन्छ्न् र ? जनता जागृत भएर लखेट्नुपर्छ ।

Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x