साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब पार्टीमा भाेकमरी सुरू !

-"खाेक्राे पेटले कसरी चाैरासी हुन्छ ?" -"हुन्छ ओ, हुन्छ ! त्यति वेलासम्म एक थाल मासु भात त खाई हालिन्छ नि नकराऊ न !" -"हुन्छ, हुन्छ त्यही गराैँ !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

लामाे वार्तालाप भयाे । वार्तामा सकारात्मक कुरा पनि भयाे । कुराकाे चुराेकाे व्याख्याले कान टट्टायाे । सुनियाे । बुझे झैं भयाे । काम गर्ने हाैसला बढ्याे । त्यसपछि सडकतिर ओर्लेँ । सडकमा एकजना चिनेजानेकाे अमीरसँग भेट भयाे । उसले मेराे नाकै छेउमा आएर रिसले चूर हुँदै ओैँलाे ठड्याएर भयाे ।

–“बुझ्नुभयाे काजी ? अब एकढिक्का हुनुपर्याे ।”
मैले कुरा बुझिन ! दाेहाेर्याएर काजीलाई साेधेँ ।
–” के काे लागि ?”

राताे न राताे मुहार लगाएर गुलावी तागतले उकुस मुकुसका साथमा छटपटाइरहेका थिएँ । उनकाे मुखबाट जवाफ अवाक् निस्क्न्थ्याे ।
–“चाैरासी !”

उनकाे अस्पष्ट जवाफले मेराे कानका राैँ ठाडा भए । तालुका राैँ सल्बलाए । नाकका राैँ फुरफुरिन थाले । यिनले चाैरासीकाे चुनावमा टिकट ल्याउने भए भन्ने लाग्याे । त्यसपछि ती त्यसै अलप भए । चुनावकाे सुइँकाे पाएर म पनि टिकट खाेज्न सबै तिर धाउन थालेँ । यता गयाे, उता गयाे आखिर कुराे त्यसैकाे रहेछ । हार गुहार गरेँ, कुराे कसैले सुनेन्, खाजा खुवाएँ, कान समातेर प्रतिज्ञा गरेँ, कतिले त हावा उडाएर भन्न थाले ।

–“सङ्घर्षकाे इतिहास बेच्नुभन्दा यथार्थकाे गनिमतकाे भाउ खर्च गर्नाेस् ।”

“भाउ” भन्ने शब्द सुन्नासाथ मेराे मनमा एकप्रकारकाे बैराग्य भाव सिर्जना भयाे । आफुले आफैलाई भाउ राख्न र बजारमा बेच्न थालेँ । भाउ बेच्दैजाँदा फाैवन्जारले साेध्याे ।

–“के तपाईसँग हिम्मत छ ?”
–“के काे हिम्मत ?”
–“चुनाव लड्ने !”
–“कसले टिकट दिन्छ र ?”
–“ल ! तपाईं पनि ! चुप लागेर काेठामा बस्नाेस, तर तपाईकाे भाउकाे झाेलाचाहिँ मलाई दिनाेस । झाेलाभरि टिकट चाहिए जति पनि म व्यवस्था मिलाउँछु ।”

त्यसपछि फाैवन्जारलाई भाउकाे झाेला दिएर पर्खेर बसिरहेँ । केही समयपछि मलाई बधाई दिँदै भन्याे ।
–“अब तपाईँकाे पनि चाैरासी पक्का भयाे ।”
भान्सा काेठामा र्याङर्याङ गर्ने सिल्वरकाे थाल थचारेर हकार्दै स्वामिनीले भनिन् ।

–“खाेक्राे पेटले कसरी चाैरासी हुन्छ ?”
–“हुन्छ ओ, हुन्छ ! त्यति वेलासम्म एक थाल मासु भात त खाई हालिन्छ नि नकराऊ न !”
–“हुन्छ, हुन्छ त्यही गराैँ !”
अर्काेदिन मलाई टिकट दिने पार्टीले नेतृत्व हाेडकाे घाेषणा गर्याे ।

–“अब पार्टीमा भाेकमरी सुरू !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x