साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधार ज्येष्ठको होस् साथी बनोस् समाज

सम्पूर्ण एकताले ऊर्जा भरोस् सदैव सम्पूज्य ज्येष्ठतामा श्रद्धा बढोस् अथाह आत्मा अनन्त चोखो विश्वास होस् प्रगाढ आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।

Nepal Telecom ad

विद्या अनामिका तिवारी :

दैवीप्रकोप बाधा बढ्दा यहाँ सुनामी
रोक्नै सकिन्न एक्लै आँधी झरी तुफानी
जुट्दा परन्तु हामी मिल्ला कुनै निकास
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।१।।

ढल्दा सुपुत्र आफ्ना गर्छिन् विलाप माता
अस्तित्व राख भन्छिन् हे वीर! भूधराका
ती अश्रु पुछ्न थालौँ कोही नहुन् प्रताड
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।२।।

आक्रोश क्रान्तिको त्यो राँको निभाउनै छ
ती चोटमा दवाई आलेप लाउनै छ
सङ्कष्ट मुक्त पार्ने गर्दा यहाँ प्रयास
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।३।।

लागुन् अगाडि पाका यात्रा बनोस् सुरम्य
सत्कर्मको प्रभाले उत्साह होस् अदम्य
नि:स्वार्थ भाव बोकी उठ्दा युवा जमात
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।४।।

होस् यो समाज आफ्नो दायित्व बोध गर्ने
निर्धाहरू सबैमा आशा उमार्न सक्ने
दुर्भावना हटाई निष्पक्ष होस् निसाफ
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।५।।

सत्मार्ग प्रेरणा होस् संस्कार सन्ततिको
निष्काम सिर्जना होस् निर्बाध उन्नतिको
सौभाग्य हाँस्न पाओस् टाढा रहोस् अराज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।६।।

सम्पूर्ण एकताले ऊर्जा भरोस् सदैव
सम्पूज्य ज्येष्ठतामा श्रद्धा बढोस् अथाह
आत्मा अनन्त चोखो विश्वास होस् प्रगाढ
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।७।।

०००
ठिमी -९ राधेराधे, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x