साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

सत्पात्र यी स्वजन आश्रममा नजाउन् सन्तानसाथ सुखले घरमै रमाउन् यी पूज्य श्रेष्ठजनका पदमै छ धाम यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

Nepal Telecom ad

विद्या अनामिका तिवारी :

दुर्भेद्य दुर्ग जसरी दिनरात डट्ने
सन्तान खातिर सदा खलसाथ लड्ने
हुन् लौह पौरुष यिनै गृहका खजाना
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
।।१।।

संज्ञानका जनक यी नित मुस्कुराई
दिन्छन् सदैव सुविचार समाजलाई
हुन् यी सुमेरु जन चेतनका मुहान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
।।२।।

मात्सर्यका कलुषका सब छिद्र टाली
सद्भावको चहकिलो नवदीप बाली
दिन्छन् अलौकिक र निर्मल दिव्य ज्ञान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
।।३।।

रित्तो बनेर मनचित्त सबै उघारी
को हुन्छ प्रेम अविराम दिने नथाकी
होला र को जन पिता जननीसमान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
।।४।।

राखे सदैव करुणा समता सबैमा
स्वार्थी बनेन ममता कहिल्यै कसैमा
यस्ता अमूल्य निधिको गर नित्य मान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
।।५।।

सत्पात्र यी स्वजन आश्रममा नजाउन्
सन्तानसाथ सुखले घरमै रमाउन्
यी पूज्य श्रेष्ठजनका पदमै छ धाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
।।६।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x