साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिवाद

पुलिस बोलाउने कुरा भयो। गाउँका मुखियाले सम्झाए - "काका, गाउँको विकास रोक्नुहुन्छ ?"

Nepal Telecom ad

दुर्गा पी अधिकारी :

गाउँमा नयाँ सडक आउने भयो। त्यसको लागि बुढो बरको रुख काट्नुपर्ने नै भयो।
पञ्चायत बस्यो। सबैले भने – “हुन्छ, विकासका लागि काट्नै पर्छ। एउटा रुख त हो।”
ठेकेदारले पनि मिठो कुरा गर्‍यो – “यसको बदलामा हामी दुईवटा बिरुवा रोपौँला।”

कुनामा बसेका हरि काकाले केही भनेनन्। उनले सय वर्ष पुरानो त्यो बरलाई हेरे। त्यही बरमुनि उनका बाजेले पढाएका थिए, त्यही बरमुनि उनले आफ्नी आमालाई अन्तिम पटक देखेका थिए।

ठेकेदारहरू आरा लिएर आए। गाउँलेहरू हेर्न जम्मा भए।
तर बरमुनि आरा लिएर आउनुभन्दा पहिल्यै हरि काका बसिरहेको थिए, एउटा सानो गुन्द्री ओछ्याएर, चुपचाप। हातमा केही छैन, नारा छैन, ब्यानर छैन।

ठेकेदार चिच्यायो – “ए काका, उठ्नुस् ! काम रोकियो।”

काकाले मुन्टो हल्लाएनन्। उनले बिस्तारै बरको जरामा पानी खन्याए, अनि ढुंगामा घोटेर अक्षता बनाएर रुखमा टाँसे। पूजा गरेजस्तो।
पुलिस बोलाउने कुरा भयो। गाउँका मुखियाले सम्झाए – “काका, गाउँको विकास रोक्नुहुन्छ?”

तब काकाले पहिलो पटक मुख खोले।
“म रोक्दिनँ,” उनले भने, “म बसिरहेछु। तिमीहरू काट। म काटिएको हेर्छु। तर म उठेर ‘हुन्छ’ भन्दिनँ।”

एकछिन सन्नाटा छायो।
त्यो सन्नाटा नाराभन्दा चर्को थियो। आरा चलाउन आएका हातहरू रोकिए।

०००
अप्पर तिनेक, सिङ्ताम सिक्किम।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x