साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्चित उपन्यास ‘एक चिहान’काे नाट्यरूपान्तर काठमाडौँमा मञ्चन हुँदै

नोपली समाज, शिक्षा र मनोविज्ञानको ऐनाका रुपमा रहेको सो नाटक विशेषगरी विद्यार्थी एवं युवा पुस्ताका लागि उपयोगी हुनेछ ।

Nepal Telecom ad

काठमाडौँ । वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुनेभएको छ ।

उक्त नाटक प्रदर्शनीसम्बन्धी जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी १६ गतेदेखि १० दिनसम्म हरेक दिन ५ः०० बजे र बिदाका दिन २ः०० बजेसमेत नाटक प्रदर्शन हुने आयोजकले बताएको छ ।

आयोजकका अनुसार कक्षा १२ को नेपाली पाठ्यक्रममा समावेश भएको तथा नोपली समाज, शिक्षा र मनोविज्ञानको ऐनाका रुपमा रहेको सो नाटक विशेषगरी विद्यार्थी एवं युवा पुस्ताका लागि उपयोगी हुनेछ ।

निर्देशक एवं प्रस्तोता नकुल पौड्यालले राजधानीबाहिरका विभिन्न ठूला सहरहरूमा सफलतापूर्वक प्रदर्शन भइसकेको ‘एक चिहान’ मा आधारित नाटक काठमाडौँका दर्शकले पनि मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नाटकलाई केवल मनोरञ्जन मात्र नभई सिकाइको महत्त्वपूर्ण माध्यमका रुपमा पनि लिइन्छ । यसले भावनात्मक गहिराइलाई दर्शकसम्म पुर्याउन मद्दत गर्नेछ । समाजशास्त्र र मनोविज्ञान अध्ययन गर्नका लागि यो एक एक जीवन्त कक्षाकोठा सावित हुने विश्वास लिएको छु ।” आधुनिक प्रकाश प्रविधि, ध्वनी र रङ्ग व्यवस्थापनलाई महत्त्व दिएकाले नाटक दर्शकको रोजाइमा पर्ने निर्देशक पोड्यालले बताउनुभयो ।

नाटकमा रूपा थापा मगर, पुष्पेन्द्र खड्का, गोपाल महतरा, भिरुन पौडेल, सरस्वती दाहाल, शक्ति पौडेल, विपना थिङ लामा, विशाल कार्की, कुशल बाँस्कोटा, सञ्जय विश्वकर्मा, दिवस न्यौपाने, पूजा तामाङ, आयुष्मा गुरुङलगायतका कलाकारको अभिनय रहनेछ ।
००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x