साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

ठग बेइमानको इजलासमा केश गयो भने के हुन्छ मेरो सरोकार र चिन्तनको सवाल जम्मा यत्ति नै हो भष्मासुरहरूको नियन्त्रणमा देश गयो भने के हुन्छ ?

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
जे जस्तो चल्दैछ चल्न दिनुस् फरक पर्दैन
जो जसरी जल्दैछ जल्न दिनुस् फरक पर्दैन
काँध थाप्दैमा कहाँ अडिन्छन् जरा नहुनेहरू
ढल्नेहरूलाई ढुक्क ढल्न दिनुस् फरक पर्दैन ।

२.
मुग्लानबाट आरक्षण भएका कोटा जस्तै लाग्छन्
एआईबाट निर्मित सम्पादित फोटा जस्तै लाग्छन्
चुनाबै पिच्छे आयाराम गयाराम हुनेहरूलाई हेर्नुस्
जता पनि पल्टिने पिँधबिनाका लोटा जस्तै लाग्छन् ।

३.
गल्ली गल्लीमा तैनाथ प्यादा बडो खतरनाक छन्
बारुद पचाएका डन र दादा बडो खतरनाक छन्
सुकिलो पहिरन र सुकोमल अनुहार देखेर के गर्नु
तिनीहरूका मनसाय र इरादा बडो खतरनाक छन् ।

४.
ब्रेकफेल भएको सवारीको रेस गयो भने के हुन्छ
ठग बेइमानको इजलासमा केश गयो भने के हुन्छ
मेरो सरोकार र चिन्तनको सवाल जम्मा यत्ति नै हो
भष्मासुरहरूको नियन्त्रणमा देश गयो भने के हुन्छ ?

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x