साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नसम्झ सासू किन बन्दिनन् मुमा ?

विचारका धार सुधारमा जमून् । सुधारका हार हियारमा रमून् ।। उठून् बुहारी शुभ कृत्य मार्गमा । नसम्झ सासू किन बन्दिनन् मुमा ?

Nepal Telecom ad

दीनानाथ पोख्रेल

समस्त संसार विचित्र खुल्दछ ।
र वक्षभित्रै भव पूर्ण डुल्दछ ।।
हियार खोली छिर दिव्य द्वारमा।
नसम्झ सासू किन बन्दिनन् मुमा ?०१॥

सुशान्त नारी घर पुज्दछिन् सधैँ ।
उदात्त बन्छिन् कृत पक्रिई सँगै ।।
विकार फ्याँक्छिन् कृतका सुधारमा ।
नसम्झ सासू किन बन्दिनन् मुमा ?०२।।

विकार मान्छे मनभित्र बस्दछ ।
सुभाव फ्याँकी खलभित्र कस्दछ ।।
सुधार ल्याऊँ हितका विचारमा ।
नसम्झ सासू किन बन्दिनन् मुमा ?०३॥

बुझाइले पार्दछ नित्य भिन्नता ।
बुझाइ होस् सुन्दर खुल्छ कृत्य ता ।।
बुझेर धोऊँ मल छन् हियारमा।
नसम्झ सासू किन बन्दिनन् मुमा ?०४।।

विचारका धार सुधारमा जमून् ।
सुधारका हार हियारमा रमून् ।।
उठून् बुहारी शुभ कृत्य मार्गमा ।
नसम्झ सासू किन बन्दिनन् मुमा ?०५।।

०००
सुम्बेक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x