साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजदुरमा दरार

सबै काममा गए तेजप्रसाद लगायतका केही लिडरलाई प्रहरीले छोपेर कम्पनीको काममा बाधा वाधा अवराेध गरेकाे आरोपमा जेल पुर्यायो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सर ! हामीले केही मागपत्र बुझाएका थियौँ त्यसैको बारेमा जान्न खोजेका हौं ?”- तेजप्रसादले आफिसमा प्रवेश गर्दै भन्यो। ऊ युनियनको प्रधान थियो।

“तिमीहरू जहिले पनि कार्यदिवसको समयमा मिटिङ्गका कुरा किन गर्छौ ? अनि अहिले आफिसमा हाम्रो मिटिङ्ग चलेको बेला नसोधिकन किन प्रवेश किन गर्यौ ?”- कम्पनीको डाइरेक्टर अनिलले अलि चर्को स्वरमा भन्यो। आज उसको यो व्यवहार देखेपछि तेजप्रसाद पनि आश्चर्य भयो। हिंजोसम्म सकारत्मक देखिने अनिल आच अचानक यसरी किन बोल्यो ? उसले मनमनै आसङ्का गर्यो।

“सर ! हामीले ज्ञापनपत्र एक साता पहिले दिएका हौं सायद हजुरले भुल्नुभयो त्यसमा उल्लेख छ एकसातामा हाम्रो मागको बारेमा कुनै आधिकारिक निर्णय कम्पनीले गरेन भने हामी आकस्मिक मिटिङ्ग वा आवश्यक परे हड्तालमा जानसक्छौँ।” भन्ने पत्रमा उल्लेख छ।” तेजप्रसाद अलि आवेसमा आउँदै भन्यो।

“के नाम हो तिम्रो ! ..तेजप्रसाद । तिमीहरूको ज्ञापनपत्र पढेका पनि हौं भुलेका पनि छैनौं बरू तिमीले कम्पनीको शक्तिको बारेमा भुलेका छौ। तिमीहरूले काम भन्दा धेरै धाक र धम्की दिन्छौ हड्ताल गर्छौ। त्यसैको लागि कम्पनीले पनि आफ्नो व्यवस्था गरेको हुन्छ बुझ्यौ ?”- अनिलले झनै चर्को स्वरमा तेजप्रसादलाई दबाउन खोज्यो।

“त्यसो भए सर ! हामीले भोलि मेदिवसकै दिनदेखि कम्पनीमा हड्तालको घोषणा गर्दछौँ।”- तेजप्रसाद यति भनेर हिंड्न थाल्यो। “कुरा सुन तेजप्रसाद तिम्रो हड्तालको निर्णयले तिमी एक्ला पर्छौ।”-अनिलले चेतावनी दिँदै भन्यो।

“सर ! त्यो हजुरको भुल हो हामीहरू शक्तिशाली छौँ । भोलको दिनमा हजुर स्वायमलाई पछुतो हुनेछ।”-तेजप्रसादले भन्यो।

“त्यसो भए आफ्नो सोख पुरा गर । जो भोलि हड्तालमा जान्छ उसको भोलिकै दिनदेखि नोकरी पनि जान्छ।”-अनिल फेरि उस्तै चर्को स्वरमा बोल्यो।

तेजप्रसाद बाहिर निस्कियो र आर्को दैलोबाट प्रतापसिंह भित्र प्रवेश भयो।
“साथी हो आजबाट हामी हड्तालमा जानुपर्ने भयो कम्पनीले हाम्रो माग स्वीकार्नुको सट्टा हामीलाई धम्कायो।”-तेजप्रसादले बाहिर बसेका साथीहरूलाई हड्तालमा जान आव्हान गर्यो।

“तर हामी हड्तालमा जाँदैनौँ”- प्रतापसिंहले तेजप्रसादलाई जवाफ दियो। ऊ कम्पनिको गेटमै उभिएको थियो।
सबै काममा गए तेजप्रसाद लगायतका केही लिडरलाई प्रहरीले छोपेर कम्पनीको काममा बाधा वाधा अवराेध गरेकाे आरोपमा जेल पुर्यायो।

०००
दाङ घोराही १८
०१-०५-२०२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x