मरुभूमि नारायणहेर्दाहेर्दै कालो रात हरायो
मान्छेले गिला फिलामा थुतुनो डोबे गुन्द्रुक, ढिंडो र भात हरायो सहरमा । मलाई मान्छे ठानी उसले ब्लक हानी अब उनको मेरो बात हरायो सहरमा ।

मरुभूमि नारायण :
हेर्दाहेर्दै कालो रात हरायो सहरमा
नराम्ररी शुभ प्रभात हरायो सहरमा ।
संगसंगै घुमियो जाली सहरमा तब
मान्छे सिंगै छ हात हरायो सहरमा ।
कचिला, लचिला. बचिला खाने मन
म:म खाँदै थिएँ दाँत हरायो सहरमा ।
झुम्न थाले मान्छेहरु आँखा चिम्लेर
सबै जँड्या भए मात हरायो सहरमा ।
काच्चो केही पनि बाकी नराख्ने भए
सिस्नोको नि त पात हरायाे सहरमा ।
बडो राम्रो निष्पक्ष निसाफ हुछ यहाँ
अचेल घात प्रतिधात हरायो सहरमा ।
ठूलो मानिस हुन मैले थर फेरेको हो
पहिचान र मेरै जात हरायो सहरमा ।
मान्छेले गिला फिलामा थुतुनो डोबे
गुन्द्रुक, ढिंडो र भात हरायो सहरमा ।
मलाई मान्छे ठानी उसले ब्लक हानी
अब उनको मेरो बात हरायो सहरमा ।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest







































