साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर्दाहेर्दै कालो रात हरायो

मान्छेले गिला फिलामा थुतुनो डोबे गुन्द्रुक, ढिंडो र भात हरायो सहरमा । मलाई मान्छे ठानी उसले ब्लक हानी अब उनको मेरो बात हरायो सहरमा ।

Nepal Telecom ad

मरुभूमि नारायण :

हेर्दाहेर्दै कालो रात हरायो सहरमा
नराम्ररी शुभ प्रभात हरायो सहरमा ।

संगसंगै घुमियो जाली सहरमा तब
मान्छे सिंगै छ हात हरायो सहरमा ।

कचिला, लचिला. बचिला खाने मन
म:म खाँदै थिएँ दाँत हरायो सहरमा ।

झुम्न थाले मान्छेहरु आँखा चिम्लेर
सबै जँड्या भए मात हरायो सहरमा ।

काच्चो केही पनि बाकी नराख्ने भए
सिस्नोको नि त पात हरायाे सहरमा ।

बडो राम्रो निष्पक्ष निसाफ हुछ यहाँ
अचेल घात प्रतिधात हरायो सहरमा ।

ठूलो मानिस हुन मैले थर फेरेको हो
पहिचान र मेरै जात हरायो सहरमा ।

मान्छेले गिला फिलामा थुतुनो डोबे
गुन्द्रुक, ढिंडो र भात हरायो सहरमा ।

मलाई मान्छे ठानी उसले ब्लक हानी
अब उनको मेरो बात हरायो सहरमा ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x