साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

बन्दै छ कानुन यहाँ मजबुत धेर आयो रिपोट अति नै गतिलो बनेर सक्छन् चिनेर खुद नै खल भ्रष्ट जाक्न वृद्धाहरू सबल छन् अब राज्य हाँक्न॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

नेपालमै खुद भयो गतिलो कमान
पर्दैन खोज्न यसको सहसा प्रमाण
सामर्थ्य प्रेषित भयो सुख शान्ति डाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न॥१

सम्पन्न साबित भयो स्थिर काम हाम्रो
बन्ने छ यो मुलुक झन् खुद धाम राम्रो
पर्दैन वृद्ध र युवा पनि खट्न थाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न॥२

खाई भरे उदर जो सब दूर बस्छन्
भोकाहरू सब चुलोतिर भित्र पस्छन्
लाग्दैन बेर पनि लौ प्रिय भोज पाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न॥३

पस्दैन गाउँघरमा खल बाघ फेरि
चर्छन् सधैँ विपिनमा मृग दाउ हेरी
सक्छन् सिकारतिर यी खुद वाण ताक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न॥४

बन्दै छ कानुन यहाँ मजबुत धेर
आयो रिपोट अति नै गतिलो बनेर
सक्छन् चिनेर खुद नै खल भ्रष्ट जाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
0
Would love your thoughts, please comment.x
()
x