साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाहा छकि छैन हजुर ?

वादैवादले बर्बाद पार्यो आफ्नै मात्र गोजी भर्यो विदेशीको तलुवा चाट्यो, थाहा छ कि छैन हजुर ? जताततै हावाहुण्डरी अनि कालोमैलो अन्धकार मानिसकाे मन फाट्यो, थाहा छकि छैन हजुर ?

Nepal Telecom ad

सुदन लुइटेल :

दार्चुलामा तुइन काट्यो, थाहा छ कि छैन हजुर ?
छिमेकीले ढाँट्नु ढाँट्यो, थाहा छ कि छैन हजुर ?

आफ्नै छातिमाथि बाटो खोल्दा टुलुटुलु हेर्ने मात्र
लिपुलेकको जमिन छाट्यो, थाहा छकि छैन हजुर ?

वैधअवैध कसरी कमायो बुझ्नु पर्छ राज्यले
बेइमानीले इमान साट्यो, थाहा छ कि छैन हजुर ?

वादैवादले बर्बाद पार्यो आफ्नै मात्र गोजी भर्यो
विदेशीको तलुवा चाट्यो, थाहा छ कि छैन हजुर ?

जताततै हावाहुण्डरी अनि कालोमैलो अन्धकार
मानिसकाे मन फाट्यो, थाहा छकि छैन हजुर ?

०००
चन्द्रागिरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x