साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केहि फरक पर्दैन

एउटा कथाको पात्र राम कहाँ जन्मिए भारत होस् या ठोरी केहि फरक पर्दैन अदालतले भुसुनो मात्र देख्छ हात्ति देख्दैन ठगी होस् या चोरी केहि फरक पर्दैन ।

Nepal Telecom ad

सुदन लुइटेल :

छोरा होस् या छोरी केहि फरक पर्दैन
काली होस् या गोरी केहि फरक पर्दैन

घाममा मालिस गरेर हड्डी बलियो बनाउन
तिल होस् या तोरी केहि फरक पर्दैन

भरियाले भारी पायेसि जसरी पनि बोक्छ
नाम्लो होस् या डोरी केहि फरक पर्दैन

खरानी धसे नि नधसे नि गँजडी गँजडीनै हुन्छ
जोगी होस् या अघोरी केहि फरक पर्दैन

एउटा कथाको पात्र राम कहाँ जन्मिए
भारत होस् या ठोरी केहि फरक पर्दैन

अदालतले भुसुनो मात्र देख्छ हात्ति देख्दैन
ठगी होस् या चोरी केहि फरक पर्दैन ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x