साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोलामा डलर आउँछ

चित्र हेरेर चरित्रको कसरी कसलाइ भरोसा गर्नु ! के थाहा ! लिक्वान देखाएर भोलि जेलेनेस्कीहरु फुल्न थाल्छन् ।

Nepal Telecom ad

सुदन लुइटेल :

मान्छेका रहरहरु सपनाको अर्को शहरहरुमा डुल्न थाल्छन्
पैसाको लागि सम्झौता गरेर होली वाइनमा झुल्न थाल्छन्

शरणार्थी बन्न बाध्य पार्ने भ्रष्ट निरङ्कुश शासकहरु
शहरमा कहर फिजाएर मोटै रकम असुल्न थाल्छन्

झोलामा सिद्दान्त होइन आजकल झोलामा डलर आउँछ
गरिबी बेचेर आइएन्जिओ देशको वस्तविकता भुल्न थाल्छन्

नास्तिकहरु पनि द्रव्यकाे लागि देउताको वरिपरि घुमिरहे
धर्म नमान्नेहरुनै चर्चकै दक्षिणा लिएको खुल्न थाल्छन्

चित्र हेरेर चरित्रको कसरी कसलाइ भरोसा गर्नु !
के थाहा ! लिक्वान देखाएर भोलि जेलेनेस्कीहरु फुल्न थाल्छन् ।

०००
तीनाथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x