साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धा सँगै छन्

परेवा जोडी झैँ रम्न सक्ने सदैव । असाध्यै प्यारा छन् छक्क पर्दै छ दैव ।। मिलेका जोडीले राष्ट्रलाई हँसाउन् । मिलेका साथी झैँ वृद्धवृद्धासँगै छन् ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

पियाराको माया लाग्छ भन्छिन् लजाई ।
पियारी हाँस्दै छन् ओठ लाली लगाई ।।
डुबेका मायामा वृद्ध जोडी खुसी छन् ।
मिलेका साथी झैँ वृद्धवृद्धासँगै छन् ।।१

हिमाली मालीको माथ टल्क्यो खिलेर ।
अडेको मानीले घुम्छ जाँतो मिलेर ।।
सदा जोडी हाँस्छन् प्रेम फन्दा परेछन् ।
मिलेका साथी झैँ वृद्धवृद्धासँगै छन् ।।२

कलाकर्मी वृद्धा भाव पोख्छन् सुरम्य ।
भला जोडी उम्दा कर्म गर्छन् अगम्य ।।
मुसारी दाह्रीमा स्नेह भर्दै रमाउन् ।
मिलेका साथी झैँ वृद्धवृद्धासँगै छन् ।।३

सधैँ हाँस्छन् बोल्छन् हर्षमानी अपार ।
सँगै घुम्छन् रम्छन् फल्छ रोपे असार ।।
सिकेका जे जे छन् दिव्य वाणी सिकाउन् ।
मिलेका साथी झैँ वृद्धवृद्धासँगै छन् ।।४

परेवा जोडी झैँ रम्न सक्ने सदैव ।
असाध्यै प्यारा छन् छक्क पर्दै छ दैव ।।
मिलेका जोडीले राष्ट्रलाई हँसाउन् ।
मिलेका साथी झैँ वृद्धवृद्धासँगै छन् ।।५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
उता म्याऊँम्याउँ

उता म्याऊँम्याउँ

जगदीश्वर पाेखरेल
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

जगदीश्वर पाेखरेल
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x