हरिप्रसाद रिमालज्येष्ठ नागरिकमा छ सदा प्रणाम
सान्निध्यमा रहन पाउनु धन्य ठानौँ सेवा गरी विनयपूर्वक तथ्य जानौँ हौँला पवित्र मन दर्द हटी तमाम यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।

हरिप्रसाद रिमाल :
हुन् ज्ञानका महल दीपित दीपतुल्य
देखिन्न क्षोभ कटुता दिलले अमूल्य
दिन्छन् सदैव रसिला मुखले इनाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।।१
हुन् ओत वृद्ध सबका मनका धनी छन्
शिक्षा र आत्मबलले बलिया कहिन्छन्
हुन् तीर्थ आचरणले सबका मुहान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।।२
आधार हुन् मन उदात्त छ पूर्णता छ
कल्याणखातिर स्वभाव सदैव लाग्छ
जानेर आदर गरौँ नबनौँ हराम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।।३
संस्कार सिक्न गतिलो सँगमा रमाऊँ
जानौँ रहस्य व्यवहार बनोस् न नाउ
सङ्कष्ट दूर सब हुन्छ बनून् लगाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।।४
सान्निध्यमा रहन पाउनु धन्य ठानौँ
सेवा गरी विनयपूर्वक तथ्य जानौँ
हौँला पवित्र मन दर्द हटी तमाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।५
०००
झापा
Subscribe
Login
0 Comments
Oldest







































