साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहिन्न दाह्री कवि बन्नलाई

प्रभात हो काव्य-कला सबैको पेवा कहाँ हुन्छ र यो कसैको विवेकले खार्दछ काव्यलाई चाहिन्न दाह्री कवि बन्नलाई।।

Nepal Telecom ad

हरिप्रसाद रिमाल

कवित्वले खार्छ विचारधारा
दाह्री मुसारे पछि लाग्छ नारा
विचारले खार्दछ काव्यलाई
चाहिन्न दाह्री कवि बन्नलाई।।१

बाङ्गो बनाए पछि राग बढ्छ
आफ्नो कला कौशल नित्य घट्छ
र दम्भले मास्छ विवेकलाई
चाहिन्न दाह्री कवि बन्नलाई।।२

वासन्तिका कञ्चनवाग भित्र
लता अनेकौँ शुभ पुष्पचित्र
त्यस्तै भएमा कवि बन्छ धाई
चाहिन्न दाह्री कवि बन्नलाई।।३

दाह्री जुँगा सान कठोरता हो
कवित्व नौनी मह झैँ मिठो हो
शालीनता हुन्न गरे बिदाइ
चाहिन्न दाह्री कवि बन्नलाई।।४

प्रभात हो काव्य-कला सबैको
पेवा कहाँ हुन्छ र यो कसैको
विवेकले खार्दछ काव्यलाई
चाहिन्न दाह्री कवि बन्नलाई।।५

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
पिता

पिता

हरिप्रसाद रिमाल
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x