साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटा स्मृति

होलान् सबै काव्य सुखानुभूतिका झैँदेवकोटा बनिऊन् क्षुधा-तृषा । हे देवकोटा! अब देशभित्रका उत्साह देऊअनमोल काव्यका हामी सधैँ सेवक हौँ सिकाउनू बस्दै यहीँ भाव नयाँ दिलाउनू।।

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

लेखे र मात्रै कविता कलेवर
बन्ला र राम्रो कवि भाव होस् वर
उत्फुल्ल होस् काव्यसुधा सरोवर
झैँ देवकोटा कवि हुन्छ उर्वर।।१

उद्दीप्त हुन् शब्द अमोघ भावका
सद्ज्ञानका सागर दीप्त चित्तका
को लेख्न सक्थ्यो कविता सुखप्रदा
हुन् देवकोटा कवि-रश्मि सर्वदा।।२

लेखोस् पढोस् काव्य अनेक जोसले
देखाउँदै नित्य घुमोस् विवेकले
हुन् काव्यका चाङ अनेक वेगले
के बन्न सक्ला कविमात्र शब्दले।।३

यी देवकोटासरि भावना बगून्
साहित्यका नौ रस मर्ममा पुगून्
होलान् सबै काव्य सुखानुभूतिका
झैँदेवकोटा बनिऊन् क्षुधा-तृषा।।४

हे देवकोटा! अब देशभित्रका
उत्साह देऊअनमोल काव्यका
हामी सधैँ सेवक हौँ सिकाउनू
बस्दै यहीँ भाव नयाँ दिलाउनू।।५

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
पिता

पिता

हरिप्रसाद रिमाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x