साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

मन फराक बनाउन प्रेरणा असल सन्तति हुन् जन-कामना सब सचेत भई झुपडीमुनि सफल हौँ अब वृद्ध बनी मुनि।।

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

विगतमा जति गर्न समर्थ थ्यौँ
अब कहाँ त्यसतर्फ फिरी कुदौँ
अब त राम सुधा-रस जान्नु छ
बलबुता सकियो न त हाँक्नु छ।।१

सफल हौँ अब वृद्ध पिओैँ सुधा
विफल पार्दछ चित्त सधैँ क्षुधा
कस बनेर क्षुधा मनमा क्षति
शरण ईश परे अब उन्नति।।२

मन-क्षुधा पर सार्छ पखाल्दछ
विनयले नय देख्छ उकास्दछ
अतिथि ठान्छ सबै मन कञ्चन
विषय राग पखाल्छ न यो धन।।३

डर र त्रास सधैँ धनमा भयो
मन पवित्र भएन क्षुधा बह्यो
विमल चिन्तन भाँच्न गयो जुनी
सफल हौँ सब वृद्ध न हौँ खुनी ।।४

मन फराक बनाउन प्रेरणा
असल सन्तति हुन् जन-कामना
सब सचेत भई झुपडीमुनि
सफल हौँ अब वृद्ध बनी मुनि।।५

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
पिता

पिता

हरिप्रसाद रिमाल
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x