साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्वता स्मृति साहित्य प्रतिष्ठानद्वारा स्मृति दिवस

पार्वता स्मृति साहित्य प्रतिष्ठानले आमाको सम्झनामा नियमित यस्ता समाजसेवी कार्यहरू सञ्चालन गर्दै आएको छ।

Nepal Telecom ad

दाङ, ३ माघ २०८२ । पार्वता स्मृति साहित्य प्रतिष्ठान दाङको आयोजनामा आमा पार्वता पाण्डेको तेस्रो स्मृति दिवसको अवसरमा एकदिने स्वास्थ्य जाँच तथा नि शुल्क ओषधी वितरण तथा उपचार गरिएको छ।

पार्वता मैडिकल हलद्वारा निशुल्क औषधी बितरण गर्नुका साथै बिभिन्न १३५जना रोगीहरूको नि शुल्क उपचार गरिएको थियो।

नेपाल पत्रकार केन्द्रीय सचिव सविन प्रियसन, सिस्नुपानी दाङका अध्यक्ष डा.लोकराज पराजुली, राजमो अध्यक्ष गणेश आचार्य, टोलका अध्यक्ष भेषबहादुर रावत, मेघराज भट्टराई, वाम बुध्दिजिवी शशिधर भण्डारी लगायतका साहित्यकार तथा विभिन्न बुद्दिजीवीहरूको उस्थिति रहेको थियो ।

कार्यक्रममा मेडिकल सञ्चालक शिवराज पाण्डे, अनिल कुमार, प्रतिष्ठानकी अध्यक्ष तथा आमा पार्वताकी बुहारी देवी पाण्डे र संरक्षक सुरेशकुमार पाण्डेको पहलमा आफ्नी आमा स्मृति शेष पार्वता पाण्डेको सम्झनामा गरिएको थियो।

स्मरण रहोस् पार्वता स्मृति साहित्य प्रतिष्ठानले आमाको सम्झनामा नियमित यस्ता समाजसेवी कार्यहरू सञ्चालन गर्दै आएको छ। सरकारी स्कुलमा एक लाखको अक्षकोष खडा गरेर उत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ।

बेला बेलामा असी वर्षका वृद्धाहरूलाई सल ओढाएर सम्मान गर्दै आएको छ।

०००
सुरेशकुमार पाण्डेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x