साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

पेट तालु दुखे दिल्ली दौडेर पाउमा पर देशको अस्मिता जम्मै बेचेका किन हो तर । सजेको गोरुले जस्तै ओगट्छौ देश यो किन आँटिला छन् निकै साँढे चाँडो निर्णय लौ गर ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

१ ) फुइँ
मैले आकाश थामेर दुनियाँ बाँच्न पाउँछ
हुटिट्याउँ यही फुर्ती दैनिकै हेर लाउँछ ।
मैले नै घाम डाकेर आएको दिन हो भनी
भालेले लाउँछन् फुर्ती आफ्नो नै नाम गाउँछ ।।

२) योग्यता
नेताजीको छ सोचाइ आफू योग्य सभापति
आफूमात्रै छु निर्दोषी बाँकी हुन् खल बापती ।
अरूको काम नै छैन के राम्रो तिनले गरे
हर्ताकर्ता सबै आफू सृष्टिको कमलापति ।।

३) वास्तविकता
गाली पुराणका ज्ञाता सर्वज्ञानी सुपण्डित
रामले माथ खानेछन् होलान् कि कृष्ण दण्डित ।
जम्मै कौरवका चाल एकैमा छ सुहाउँदो
यिनका नीतिमा चल्दा धर्ती यो रक्तरञ्जित ।।

४) अबको बाटो
पेट तालु दुखे दिल्ली दौडेर पाउमा पर
देशको अस्मिता जम्मै बेचेका किन हो तर ।
सजेको गोरुले जस्तै ओगट्छौ देश यो किन
आँटिला छन् निकै साँढे चाँडो निर्णय लौ गर ।

०००
विकास चोक ५-, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x