साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटारो

धेरै आँटी कविकलम छन् लेखनीदीप बाली लेख्छन् हेर्दै तुहिन म भएँ बस्छु यो भाल खाली वाग्देवीको स्तुति कति गरूँ लेख्नलाई छ गाह्रो देऊ माता सबल सुषमा लेख्न सामर्थ्य घारो ॥

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

लेख्छन् कोही नरम कविता स्वच्छ वासन्तिकाझैँ
लेख्ने कोही गरम कविता ग्रीष्मका ताप जस्तै
लेखूँ भन्दा सरल नभई बन्छ के बुझ्न गाह्रो
यस्तै पाएँ मगज मनले सम्झँदा भो चटारो ।१

मेरो थोत्रो मगज किन हो चैत्रको पात जस्तो
सुख्खा बन्दै पर पर गयो साधना हुन्छ कस्तो ?
जान्नै छाड्यो कलह झगडा मात्र गर्दै तगारो
लायो मेरो शिर निहुरियो शब्दको भो चटारो ।२

लेख्ने इच्छा अतिशय भयो शब्दका अर्थ भागे
कोरोनाको कहर भयले ज्ञानमा ध्वान्त जागे
लेख्दा लेख्दै डर वदनमा हान्छ लामो झटारो
लेखूँ भन्दा गहन कविता बुद्धिमा हान्छ छारो ॥३

धेरै आँटी कविकलम छन् लेखनीदीप बाली
लेख्छन् हेर्दै तुहिन म भएँ बस्छु यो भाल खाली
वाग्देवीको स्तुति कति गरूँ लेख्नलाई छ गाह्रो
देऊ माता सबल सुषमा लेख्न सामर्थ्य घारो ॥४

त्यस्तै लेखूँ असल कविता कालिका दास जस्ता
भन्दा भन्दै विचलित बनेँ शब्दसामर्थ्य घट्ता
मेरो थोत्रो मगज मनले सत्य औ तथ्य देखोस्
लेखोस् धेरै सुमनसरिका काव्यमा भाव पोखोस् ।५

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
पिता

पिता

हरिप्रसाद रिमाल
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x