साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माता ती पतिकी मुमा सरह…

नारी जीवन जन्म कर्म घरको संयोग राम्रो हुँदा देखिन्छन् कलिका नयाँ र सुकिला वात्सल्य मौलाउँदा सेवाले सुख मिल्छ मानक कला देखिन्छ यो जीवनी माता हौ पतिकी मुमा सरह नै हौ कर्मदाता पनि।।

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

माता पाँच समान जीवन दिने हुन् सत्य हो आँकडा
पाएका सुख-शान्तिका महलमा त्यो प्रेमले छौँ खडा
जन्माइन् शुभ-कर्म पालन गरी धाई भइन् हुन् धनी
माता ती पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि।।१

जन्माइन् अझ प्रेम खात मुजुरा हुर्काउँदा वेदना
आमा हुन् दिलकर्णधार मनकी बुझ्ने सबै चाहना
चिन्छौँ विश्वसमाज नित्य झरनाझैँ स्वच्छ सौदामिनी
माता ती पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि।२

हुर्किन्छौँ सब स्नेहले कमलिनी जस्तै खुला तालमा
मौका जीवनको दियौ र पतिको पाएँ छहारी मुमा
तिम्रो स्नेह अगाध लाग्छ ममता खानी छ यो आँगनी
माता हौ पतिकी मुमा सरह नै हौ कर्मदाता पनि।।३

माता पाँच सबै समान दिलका ठानी गरे आदर
बन्ला जीवन सारथीसँग मिठो आह्लाद शोभा घर
निन्दा वा छल छाम छैन दिलमा हौ आँत-कादम्बिनी
माता हौ पतिकी मुमा सरह नै हौ कर्मदाता पनि।।४

नारी जीवन जन्म कर्म घरको संयोग राम्रो हुँदा
देखिन्छन् कलिका नयाँ र सुकिला वात्सल्य मौलाउँदा
सेवाले सुख मिल्छ मानक कला देखिन्छ यो जीवनी
माता हौ पतिकी मुमा सरह नै हौ कर्मदाता पनि।।५

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
पिता

पिता

हरिप्रसाद रिमाल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x