साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिता

माता-पिताबिना हाम्रो सृष्टि-विस्तारको क्रम सकिन्छ तथ्य यो जानौँ दुवै हुन् ज्ञानदर्पण ।। पिता वीजक हुन् माता उर्वरा धरणी न हुन् प्रेमले राख्दछिन् वीज उम्रिन्छौँ आँकुरा न हौँ ।

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

पिता पाँच सबै उस्तै सम्मान सबमा गरौँ,
आराध्य देवतातुल्य मानी शरणमा परौँ ।१

जन्म-दाता पिता एक कर्म-दाता पिता तथा
अन्न-दाता पिता त्यस्तै भय-त्राता र ज्ञानदा ।।२

पाँचै पिता सबै मानौँ समान स्नेहका घर
पिता-पुस्तक हुन् सारा दिलले गर्छु आदर ।।३

काखमा मस्त कुल्चेर दारी तान्दा चुपै बसी
स्नेहले खान तम्सिन्थ्यौ म्वाई सम्झन्छु त्यो पनि ।।४

खाने कुरा कताबाट ल्याएर ख्वाउँथ्यौ मिठा
गोजी हेर्थेँ कतैबाट आउँदा छ कि क्यै मता ।।५

असरी हुर्किएँ बाबा काखमा स्नेह-पुर्वक
बिते वसन्त यी पाँच पढ्न बन्दा म उत्सुक ।।६

पाठशाला पु-याएर जिम्मा लाई गुरुसँग
सुम्पियौ अभिभारा त्यो पाएँ ज्ञानगुरु तब ।।७

कखराबाट थालेँथेँ पढ्ने लेख्ने सबै कुरा
गुरुका स्नेहले पाएँ दिव्य सङ्ज्ञान आँकुरा ।।८

सिकेँ सद्भावना के हो ? कर्तव्य-पथ जानियो
गुरुवाक्य सबै मन्त्र मान्दा सङ्ज्ञान पाइयो ।९

समाजभित्रका राम्रा-नराम्रा भावनासँग
रहेर बस्नमा लाग्दा धेरै हन्डर खाइयो ।।१०

सत्य बोलेर त्यो बाटो हिँड्न प्रेरक जो बने
भयबाट गरी मुक्त असली चेतना भरे ।।११

हुर्काई जसले आफ्नी छोरी ती मुटु-धड्कन
दिई जीवनको बाटो पारे सरल कञ्चन ।।१२

सबै पाँच पितालाई शब्द-पुष्प चढाउँछु
मनले सम्झना गर्दै दिलभित्र सजाउँछु ।।१३

माता-पिताबिना हाम्रो सृष्टि-विस्तारको क्रम
सकिन्छ तथ्य यो जानौँ दुवै हुन् ज्ञानदर्पण ।।१४

पिता वीजक हुन् माता उर्वरा धरणी न हुन्
प्रेमले राख्दछिन् वीज उम्रिन्छौँ आँकुरा न हौँ ।१५

गोडमेल गरी रक्षा गर्दा छौँ आज भूमिमा
नगरेको भए जन्म हुन्थ्यो ? हुन्थ्यौँ धरापमा ।१६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x