सुदन लुइटेलकसैको जितमा कसैको हार हुन्छ
बन्दुकबाट गोली कति चलाउन सक्छौ चलाउ यस्तै गजलबाट ज्यानमाराको प्रतिकार हुन्छ ।

सुदन लुइटेल :
कसैको जितमा कसैको हार हुन्छ
असल व्यक्ति जितको हक्दार हुन्छ
अहङ्कारीलाई पुजनिय बनाउनेहरु राम्ररी बुझ
मेरो कलम अहङ्कारीलाई सिध्याउने तरबार हुन्छ
सुन्न सक्दैनौ ए हुतिहाराहरु कान बन्द गर
हाम्रा प्रस्तुति कमजोर हुँदैन दमदार हुन्छ
बन्दुकबाट गोली कति चलाउन सक्छौ चलाउ
यस्तै गजलबाट ज्यानमाराको प्रतिकार हुन्छ
सबै भ्रष्टाचारीका हिसाब दुरुस्त छन्
बुझ्नु भोलि जनताको सरकार हुन्छ ।
०००
तीनथाना, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































