साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्णय

“त्यो कथा मेरै जीवनको हो । मेरै विद्यार्थीले मेरै कथा लेख्दा म किन पुरस्कार दिन्छु । सुन्नुभएन, त्यसमा मलाई कत्ति नराम्रो देखाइएको छ । म बुझ्दिनँ र ।” उनले थपिन् ।

Nepal Telecom ad

परशुराम पराशर :

एउटा विद्यालयमा कथा प्रतियोगिता हुने भएर मलाई निर्णायकमा बसिदिन अनुरोध आयो । प्रतियोगिता हुने समयभन्दा करिब आधा घण्टा अगाडि पुगेको थिएँ । गफैगफमा त्यही विद्यालयकी मेडमसँग परिचय भयो ।

कार्यक्रम सुरु भयो । धेरै विद्यार्थी कथा सुनाउन तयार थिए । म र उही अघिकै परिचित मेडम निर्णायक बनाइयौँ । उहाँ विद्यालयकै शिक्षक र म चाहिँ पाहुना निर्णायक । क्रमैसँग विद्यार्थीहरू कथा सुनाउन थाले । हामी कागजमा नापतौलका हिसाब मिलाउँदै गयौँ ।

एक जना छात्राले सुनाएको कथा साह्रै उत्कृष्ट लाग्यो । वैदेसिक रोजगारमा जाने युवाको पीडा थियो त्यो कथामा । लोग्नेले उताबाट पठाएको पैसामा मोज गर्नेमात्र होइन लोग्नेलाई छोडेर अन्तै व्यवस्था गर्ने श्रीमतीको सुन्दर चित्रण थियो त्यहाँ । कथाहरूमध्येकै उत्कृष्ट कथा । वाचन पनि उत्तिकै सुन्दर । मैले त तुरुन्तै उत्तम कथाको सङ्केत गरेँ । प्रिन्सिपलले पनि बुढी औँलो ठड्याएर अब्बल रहेको जनाउ दिए ।

निर्णायकको जोडजाड एकान्तमा गर्ने व्यवस्था मिलाइएको रहेछ । हामी दुवै उतै गयौँ । जोडघटाउ सुरु भयो । मैले तिनै छात्राको कथालाई छानेँ । निर्णायक मेडमको अपत्ति आयो । “यस कथालाई त सान्त्वना पनि दिन मिल्दैन सर ।” वहाँले भन्नुभयो ।

“सबैभन्दा स्तरीय र उच्च कोटिको कथा थियो त्यो । किन मिल्दैन ?” मैले प्रश्न गरेँ ।
कथाको मर्म र धर्म नै नबुझी उनी उग्र हुने मनस्थितिमा आइन् । मेरो प्रतिकारको जोर चलेन ।

“त्यो कथा मेरै जीवनको हो । मेरै विद्यार्थीले मेरै कथा लेख्दा म किन पुरस्कार दिन्छु । सुन्नुभएन, त्यसमा मलाई कत्ति नराम्रो देखाइएको छ । म बुझ्दिनँ र ।” उनले थपिन् ।

सबै परिणामको प्रतीक्षामा थिए । हतारो पनि थियो । परिणाम सुनाइयो । आधाले मुख खुम्च्याए । म भने सरक्क बाहिरिएँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x