साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन जित्नेलाई मत हाल्छु म त

यो देश मेरो कङ्गाल भयो भ्रष्टले चुसेर मिलि र जुली सिनोझैँ ठानी तिनले लुछेर । जितेर मन लैजाऊ मत लुटेर होइन बन्नेछ देश मिलेर हामी फुटेर होइन ।

Nepal Telecom ad

उत्तम विचार :

चुनाव आयो गाउँमा भन्छन् सहरमा चुनाव
हो बाध्यकारी आएको हैन रहरमा चुनाव ।

दिएर भोट खानुछ चोट नदिऊँ कसरी
पाएको हक अधिकार मैलें नलिऊँ कसरी ।

गुलिया नारा उराली भन्छन् गर्नेछु विकास
समस्या झनै बल्झिँदै जाँदा भेटिन्न निकास ।

पुराना फेरौँ रोजेर नयाँ भन्दछन् अनुहार
पात्र हुन् नयाँ प्रवृत्ति उही देखिने बारम्बार ।

जिताऊँ देश भन्दैन कोही जिताऊ मलाई
विश्वास राख्नुस् मैलै नै गर्छु देशको भलाई ।

यो देश मेरो कङ्गाल भयो भ्रष्टले चुसेर
मिलि र जुली सिनोझैँ ठानी तिनले लुछेर ।

जितेर मन लैजाऊ मत लुटेर होइन
बन्नेछ देश मिलेर हामी फुटेर होइन ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x