साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोर्निङ वाक

तिमीहरूले आफ्नो कर्तव्य बिर्सिएर आफूमा मात्र सत्ताको भागबन्डा गरेर मोजमस्ती गर्ने योजना बनाएका छौ भनेर त्यही कर्तव्य सम्झाउन कोइलीको रुपमा को हौ भनेको पो हो कि ?

Nepal Telecom ad

परशुराम पराशर :

काठमाडौंको बसाइ, धुलोधुवाँको सात्त फेराइ, मिसावटयुक्त खाना खुवाइ, विनापरिश्रमको कान गराइ यी सब कुराले गर्दा बिग्रेको स्वास्थ्यलाई स्वस्थ बनाउन अनि अनावश्यक तामसी खाना राजसी ठाँटमा खाएका कारण फुलेको पेटलाई घटाउन अनि जम्मा भएको बोसो हटाउन बिहानको समयमा हिँड्ने गरेको छु। अर्थात् सभ्य सहरी भाषामा भन्नुपर्दा मोर्निङ वाक गर्ने गरेको छु । गलामा गलबन्दीको फन्को मारेर, मनको अत्छ्‌याई पोको पारेर, सुख्यालको मोहोता माथि सारेर स्याँ स्याँ नहुन्जेल अलिअलि दौडने पनि गरेको छु।

मोर्निङ वाकमा बाध्यताले कहिले कता कहिले कता हिँड्न पर्दछ । नगरपालिका र सडक विभागले खनेर बलको मल बाहिरै बगाएर छाडिदिने गरेको हुन्छ । केही दिनपछि अब त बन्यो होला भन्यो उस्तै । बाटो खनेर हप्तौ हराउने गरेकाले पनि होला कति दिन त हिँड्‌नै नसकिने हुन्छ । यता त यस्तै पो रहेछ भनेर नाक थुन्दै अन्तै लाग्न परिहाल्छ। सडक विभाग नपुगेको ठाउँतिर जाऊँ न त भन्यो उस्तै । त्यस्तो ठाउँमा पनि टोलसुधार समितिले टोल सुधार्नका लागि सबक ज्यार्न थालेकै हुन्छ। फसादै फसाद । पवित्र बागमतीतिर जाऊँ न त भन्यो भने गन्धले स्वासप्रश्वास नै मन्द मात्र होइन बन्द नै पो पारिदिन्छ कि भन्ने डर। बागमतीको गति यस्तो भएपछि राम्रो मतिको पनि दुर्गति हुन्छ भन्ने लाग्यो। नाक र मुख बन्द गरेर मनमनै सास फेर्दा पनि कानबाट हो कि कताबाट हो गन्ध त पसिहाल्ने रहेछ । शुद्ध हावामा कावा खान बिहानै हिँडेको मान्छे बिरामी भएर पो आइने हो कि भन्ने लागेर त्यता नगई अन्तै जाने विचार गरेँ ।

जोरपाटीबाट जगडोल चोरबाटो हुँदै जाने योजना बनाएँ। मूल बाटो त हिँड्न सकिने भए पो। कुनै गाडी आएमा कता भाग्नुपर्ने हो सोच्नु नै पर्ने हुन्छ। अगाडिबाट आएमा पछाडि कतै गल्ती र पछाडिबाट आएमा अगाडि कतै छल्ली छल्ली भागेर बच्नुपर्छ। सहकको पेटीमा हल्ली हल्ली हिँड्ने दिन यो जुनीमा आउँदैन होला जस्तो लाग्न थालेको छ । नगरपालिकाले बाटो बढाउने कुरामा भुरा अलमल्याएजस्तो गरेको देखेर सुरा मान्छेहरू पनि यस्ता कुरामा धुरा नपस्ने भनेर तर्किए। हुन त विकास निर्माणका काममा नगरपालिकाले काम नगरेर नै होला नगरपालिका भन्ने नाम कमाएको काम गरिहाल्ने भए त गरपालिका नै मनिन्थ्यो होला नि ।

म गर्छु आप्राको कुरा सम्धी गर्छन गाप्राको कुरा भनेगौं मोर्निङ वाकको कुरा गर्दा गर्दै नगरपालिका पो पुगिएछ। अत चोरबाटो हुँदै जगडोल पुगेको मात्र के थिएँ को हो, को हो भन्ने आबाज सल्लाको बनमन्दा पल्लापट्टिबाट आयो । वसन्तको मौसम कोइलीको मपुर आवाजले मनमा आनन्द हुनु पर्नेमा मेरो भने अनेक कुरा खेलेर मधिल ने झाडूलभुङ्गल पो भयो त। मान्छेले आफू स्वयम् खेल्न पाएन भने मनमा अनेकन कुरा वेलाउँछ गन्धे हो जस्तै लाग्यो । मेरो पनि मनमा कुरा खेल्न थाले। आफ्नो खेल्ने रहर नपुगे पनि कुराको त पुगोस् न गनेर सक्दो खेल्न दिएँ ।

कोइलीले किन ‘को हो, को हो भनेको होला ? यसको उत्तर खोज्न दक्षिण फर्केर ओरालो करें। मानिस गरेपछि चौरासी लाख जुनी फेर्दै फेरि मान्छे बन्न आइपुग्छ रे भन्ने कथा हजुरआमाबाट सुनेको थिएँ । कतै त्यो को हो भनेर सोध्ने हाम्रा वीर पुर्खा बलभद्र
कुंवर भक्ति थापा भीमसेन थापा, पृथ्वीनारायण शाह त हैनन ? चौरासी लाख जुनीमध्ये यो जुनीमा आइपुगेका र हामीलाई आफू र आफ्नो देशपट्टि फर्कन सचेत गराइरहेका त हैनन्, हामी नाम मात्रका नेपालीलाई ? हामी आज नेपाली बन्न लजाउँदैछौं । छोराछोरीलाई पनि नेपाली नबनुन् र नेपालीजस्तो पाखे नबनुन् भनेर अ‌ङ्ग्रेजी स्कुलमा हाल्छौं । शुभ प्रभात भन्न छोडेर गुड मोर्निङ भन्छाैं ।

हामीले आफ्ना चाडबाड भुलेर विदेशी फेस्टिभल मनाउन थालिसक्यौं । जन्मदिनमा दियो बालेर उज्यालो जीवनको कामना गर्नुपर्नेमा बतेको बत्ती निभाएर बाँकी जीवन अँध्यारो होस् भन्ने कामना गर्नुलाई उचित ठान्छौं । त्यस्तै देशभक्तिभन्दा कुर्सीमक्ति र मातिकमक्ति भएर आएका छौं। सेवा नै उत्तम धर्म हो भन्ने हाम्रो मन्त्रलाई लत्याएर स्वार्थ भर्नु नै उत्तम मार्ग हो भन्नेतिर हामी लागिसक्यौं। त्यही भएर होला हानीले हामी को हौं भन्ने भुलिसक्यौ भनेर सम्झाउन को हो भनेका होलान्।

जनताको सेवा गर्ने हो भन्दै भोट बटुल्ने नेताले देशलाई आफ्नै छोराबुहारी, भाइभतिजा, छोरीज्वाई, सालासालीलाई मात्र समृद्ध बनाउने र करोडौं करोडौं कमिसन खाने गरेर होला त को होस् तेरो कर्तव्य के हो भन्ने सम्झाउन को हो भनेको होला। सायद मन्त्री, नेताहरूले देशलाई भ्रष्टाचारमुक्त बनाउँछु भन्ने अनि दलाल, गुन्डा, फटाहा आदिलाई काखी च्यापेर भ्रष्टाचारयुक्त देश बनाएको भएर होला हाम्रो औकात सम्झाउन को हौ, को ही भनेको । कालापानी, लिपुलेक, खारा लगायत अनेकन ठाउँमा भारतले सिमाना मिचेर, मौका पर्नासाथ घाँटी बिबेर हायलकायल पारेको बेला पनि हामी चुप लागेर बसेर पो हो कि बौर बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापा कोइली बनेर तिमीहरू को हाै भन्नलाई को हो, को हाे भनेको। अवस्य पनि हाम्रा पुर्खाहरूले हामीलाई आफ्नो दीरता, इमान्दारी, निस्वार्थीपन परोपकारी भावना जस्ता हाम्रा असल विशेषण पुनः अवगत गराउन यो आवाज निकालेको हुनुपर्छ । साना दुखले अर्जेको मुलुक होइन भन्ने पृथ्वीनारायण शाहले विभिन्न प्रदेशका नाममा देश टुक्रा पारे भनेर सबैलाई नेपाली हैं भन्ने बोध गराउन कोइली बनेर को हौ भनेको पो हो कि ?

अहिले प्रजातन्त्रपछिको लोकतन्त्र अनि गणतन्त्र पनि आइसकेको अवस्था छ । निरङ्‌कुश जहानियाँ राणा शासन हटाएर प्रजातन्त्र ल्याउन ने कतिले सहिद हुनुपर्यो । ती सहिदहरूले प्रजातनत्र मनेको दुईचार जनाका लागि मात्र नभएर सबैका लागि हो, त्यसैले तिमीहरूले आफ्नो कर्तव्य बिर्सिएर आफूमा मात्र सत्ताको भागबन्डा गरेर मोजमस्ती गर्ने योजना बनाएका छौ भनेर त्यही कर्तव्य सम्झाउन कोइलीको रुपमा को हौ भनेको पो हो कि ?

लोकतन्त्र ल्याउन मात्र होइन माओवादी जनयुद्धलाई अहिलेको खाओवादी घनयुद्धमा परिणत गर्न मान्छे मार्न र मर्न पछि नपर्ने लडाकु भनाउँदा सोझासिधा जनताहरू मरेर पो यो कोइली बनेका हुन् कि? अनि हाम्रो सङ्घर्ष, त्याग र बलिदानले तिमीहरू अहिले मस्ती गर्ने ठाउँमा पुगेका छौ, हाम्रो बलिदानलाई, हाम्रा साथीहरूले खाएको तातो गोलीको घाउलाई बिर्सेका छौ, भन्ने बेलामा गरिब जनताको शासन ल्याउने भने पनि अहिले गरिब जनतालाई लत्याएर लुटेको सम्पत्ति र सत्ताको बाँडफाँडमा लागेका छौ, युद्धको बेला नदेखिने आफ्ना छोरीबुहारी र आफन्तलाई पदमा पुन्याएका छौ. त्यो बेलाको अवस्थालाई फर्केर हेर भन्नका लागि को हौ, को हौ भनेको हुनुपर्छ सायद । कि पहिले हेटौडा चप्पल लगाएर काठमाडौं भित्रिएका नेताहरू अहिले दरबार जत्रो घरबार बनाएर करोडौंको गाडीमा बढेको देखेर पहिलेको इमान्दारीता र अनुशासन सम्झाउन पो होला को हाे, को हाे भनेर कराएको ।

मनका कुरा खेलिसकेकै थिएनन्, एक्कासि गाेकर्णकाे ओरालामा बिरालाले बाटाे काटेपछि पाे झसङ्ग भएछु । त्यताकाे बाटामा उडेकाे धुलाे सम्झेर फेरि उकालाे लागेँ र स्याँ स्याँ गर्दै पसिना पसिनामार घर आइपुगेँ । धन्न सारो गारो अप्ठ्यारो केही व्यहाेर्न परेन। यति लेखे वापत अब चाहि पर्ला कि ।

कल्पतरू- ११५  (२०८२ )

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
कालो कपाल

कालो कपाल

परशुराम पराजुली
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x