साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा हजार लाख वन्दना

विभिन्न गेह बागकी, सुवास पुष्प हुन् मुमा । मिठास राग चालकी, अमूल्य वीज हुन् मुमा ॥ सुरम्य गान आसिका, मुमासुधा छ सम्झना । समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ”जस्ताधरे” :

अनेक श्रेष्ठ कर्म छन्, सशक्त मातृशक्तिका ।
कथा र तथ्य सत्य छन्, विभिन्न मातृभक्तिका ॥
पुकार गर्छु मेदिनी, गरेर नित्य साधना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥ – १

असीम प्रेम पोख्दछिन् , मुमा सुता र पुत्रमा ।
नवीन मार्ग कोर्दछिन्, प्रदीप्त दिव्य सूत्रमा ॥
मुमा हियारसिन्धुमा, विशुद्ध हुन्छ भावना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥ – २

मनुष्यजाति ईशका, मुहान हुन् स्वयम् मुमा ।
गवाह बस्न सक्दछन्, धरा र सूर्य चन्द्रमा ॥
अखण्ड हुन्छ सत्य जो, छ सर्वमान्य सिर्जना ।
समस्त मातृशक्तिमा, म गर्छु लाख वन्दना ॥ – ३

रमा उमा र देवकी, जया समान हुन् मुमा ।
छ भक्तिभाव मातृमा, भनी म पर्छु पाउमा ॥
खपेर भोक रोगको, सँभाल्दछिन् नि नन्दिना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥ – ४

अनेक विघ्न कष्टका, नदी तरेर हिँड्दछिन् ।
करोडलाख वेदना, खपेर भिड्न सक्दछिन् ॥
म पुज्छु पूज्य मातरी, गरेर भव्य अर्चना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥ – ५

विभिन्न गेह बागकी, सुवास पुष्प हुन् मुमा ।
मिठास राग चालकी, अमूल्य वीज हुन् मुमा ॥
सुरम्य गान आसिका, मुमासुधा छ सम्झना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ॥ – ६

०००
वि . न . पा . -४, बट्टार, नुवाकोट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x