साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

काट्न लागेको खसीलाई दाना दिन्छ मान्छे आफैंले आफैंलाई धोका पनि दिन्छ मान्छे मुख अगाडि सबै ठिक पारी पछाडिबाट लात हान्छ त्यै मान्छे।

Nepal Telecom ad

साधुराम खड्का :

शहरको भीडमा हराउँछ मान्छे
आफन्तको नजरमा किन टाढिन्छ मान्छे
खै कसलाई के देख्छ कुन्नी
त्यसकै पछि पछि कुद्छ मान्छे

भोक, प्यास, निन्द्रामै छट्पटिन्छ मान्छे
आफैं बिर्सी पैसाकै पछि लाग्छ मान्छे
अरूलाई आफ्नो बनाउने धुनमा
आफैंले आफैंलाई बिर्सिदिन्छ मान्छे

सोचेको के, पाउँछ अर्कै त्यो मान्छे
संसारलाई आफ्नै भन्ने भ्रम्मा छ मान्छे
धोका पाउँदा नि खुशीको नाटक गरी
जीवन जिउन बाध्य हुन्छ मान्छे !

काट्न लागेको खसीलाई दाना दिन्छ मान्छे
आफैंले आफैंलाई धोका पनि दिन्छ मान्छे
मुख अगाडि सबै ठिक पारी
पछाडिबाट लात हान्छ त्यै मान्छे।

०००
बुढानिलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बाँकी छ !

बाँकी छ !

साधुराम खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x