आर.सी. रिजालमानव सेवा आश्रम
केहिबेरको भलाकुसारीपछि हामीले बिदा माग्यौँ । चाउरी परेको गाला मुस्कुराए । हामी पनि "जय मानव सेवा आश्रम" भन्दै हलुको मन लिएर फर्क्यौं।

आर.सी. रिजाल :
म र श्रीराम प्राय बिहान बिहान घुम्न निस्कन्छौँ।एउटा रुखमुनि बुढी आइमाई २/३ दिनदेखि प्लास्टिकको बोराको सिरानी हालेर सुतेको देखेर उनको छेउ पुगेर- तपाईंको घर कहाँ हो बुढी आमै भन्यौँ ।
उनले– घरबार केही छैन बाबू हो। बुढा बिते। एउटा छोरा थियो लाहुर जान्छु भनेर हिँड्यो। छोरी पोइला गै अत्तोपत्तो छैन्। मागेर गुजारा टार्थें । बिसन्चो भएर तीन दिनदेखि भोकै यहि रुखको फेदमा लडिरहेको छु भनिन् ।
त्यसदिन हामीले एक पाकेट पाउरोटी र एक बोतल पानी ल्याएर दियौँ । उनले आफूसँग भएको खाली बोतल हामीतिर बढाउँदै पाउरोटी किनेर ल्याइदिनुभएको छ, धाराको पानी भरेर ल्याइदिनुस् किन पानीमा खर्च गर्नुहुन्छ बाबु हो भनिन्।
अर्को दिन उनलाई टेम्पो चढाएर एउटा आश्रयमा पुर्यायौँ । आश्रयका संचालकले उहाँलाई केही प्रश्न गरे। त्यसपछि हामितिर हेर्दै – हाम्रोमा केही जटिलता र ठ्याक्कै स्थानको अभाव पनि छ। बरु यिनलाई अन्तै आश्रममा लैजाउनुस् भने।
त्यसपछि उनलाई अर्को आश्रयमा पुर्यायौँ। जहाँ असक्तता र सामाजिक विभेद गरिँदो रहेनछ। ल आमा, अब ढुक्कसँग बस्नुस् भन्यौँ । दुई हप्तापछि फेरि उहाँलाई भेट्न गयौँ। आमै त सफासुग्गर भै कोरिबाटी गरि चिटिक्क परेकी रहिछन् ।
केहिबेरको भलाकुसारीपछि हामीले बिदा माग्यौँ । चाउरी परेको गाला मुस्कुराए । हामी पनि “जय मानव सेवा आश्रम” भन्दै हलुको मन लिएर फर्क्यौं।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































