साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानव सेवा आश्रम

केहिबेरको भलाकुसारीपछि हामीले बिदा माग्यौँ । चाउरी परेको गाला मुस्कुराए । हामी पनि "जय मानव सेवा आश्रम" भन्दै हलुको मन लिएर फर्क्यौं।

Nepal Telecom ad

आर.सी. रिजाल :

म र श्रीराम प्राय बिहान बिहान घुम्न निस्कन्छौँ।एउटा रुखमुनि बुढी आइमाई २/३ दिनदेखि प्लास्टिकको बोराको सिरानी हालेर सुतेको देखेर उनको छेउ पुगेर- तपाईंको घर कहाँ हो बुढी आमै भन्यौँ ।

उनले– घरबार केही छैन बाबू हो। बुढा बिते। एउटा छोरा थियो लाहुर जान्छु भनेर हिँड्यो। छोरी पोइला गै अत्तोपत्तो छैन्। मागेर गुजारा टार्थें । बिसन्चो भएर तीन दिनदेखि भोकै यहि रुखको फेदमा लडिरहेको छु भनिन् ।

त्यसदिन हामीले एक पाकेट पाउरोटी र एक बोतल पानी ल्याएर दियौँ । उनले आफूसँग भएको खाली बोतल हामीतिर बढाउँदै पाउरोटी किनेर ल्याइदिनुभएको छ, धाराको पानी भरेर ल्याइदिनुस् किन पानीमा खर्च गर्नुहुन्छ बाबु हो भनिन्।

अर्को दिन उनलाई टेम्पो चढाएर एउटा आश्रयमा पुर्‍यायौँ । आश्रयका संचालकले उहाँलाई केही प्रश्न गरे। त्यसपछि हामितिर हेर्दै – हाम्रोमा केही जटिलता र ठ्याक्कै स्थानको अभाव पनि छ। बरु यिनलाई अन्तै आश्रममा लैजाउनुस् भने।

त्यसपछि उनलाई अर्को आश्रयमा पुर्‍यायौँ। जहाँ असक्तता र सामाजिक विभेद गरिँदो रहेनछ। ल आमा, अब ढुक्कसँग बस्नुस् भन्यौँ । दुई हप्तापछि फेरि उहाँलाई भेट्न गयौँ। आमै त सफासुग्गर भै कोरिबाटी गरि चिटिक्क परेकी रहिछन् ।

केहिबेरको भलाकुसारीपछि हामीले बिदा माग्यौँ । चाउरी परेको गाला मुस्कुराए । हामी पनि “जय मानव सेवा आश्रम” भन्दै हलुको मन लिएर फर्क्यौं।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x