साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किरियाखर्च

ठुलै रकम हातपारेपछि इमान विभिन्न बहाना बनाएर आउन छाड्यो। छोराबुहारी आफैँमाथी खन्निने हुँदा यो कुरा सुनाउने साहस उनमा भएन। बुढा -- किन चाउरिस मरिच आफ्नै पिरले भनेझैं भए।

Nepal Telecom ad

आर.सी. रिजाल :

हितप्रसादका छोराबुहारी– गनगने बुढाको कुरा भन्दै एउटा कानले सुनेर अर्को कानले उडाउछ्न्। आफ्नो आसय नबुझीदिएकोमा बुढा खिन्न छ्न्।तर भतिजो इमानप्रसाद ठुलोबा भनेपछि भुतुक्कै हुन्छ। बुढालाई भेट्न जाँदा उ कहिले खालिहात जाँदैन । उसको व्यबहारबाट बुढा सारै प्रभावित छ्न्। इमानले बुढाकै खर्चमा उनकै इच्छा अनुसार नेपाल भारतका धेरै तिर्ध घुमाइदिएका हुन् । आफुहरुले गर्नुपर्ने कर्तब्य इमानले गरिदिएकोमा छोराबुहारी– क्याबात भाइ भन्दै उसलाई धाप मार्छन् ।

इमानलाई पैसाको गाह्रोसाह्रो पर्दा बुढाले उसको माघ अनुसार छोराहरुले चाल नपाउनेगरि पटकपटक सापट दिन्थे।इमानले पनि आफ्नो गर्जो टारीदिएकोमा बैंकको ब्याजभन्दा ४/५ प्रतिसत थपेर तोकेको मितिमा फिर्ता गर्दिन्छ।

समाज बुझेका सचेत खालका व्यक्ति भएर होला– बुढेसकालमा दुख पाइएला भनेर छोराहरूले चाल नपाउनेगरि बैकमा पैसा जम्मा गरेका छ्न्।

एकदिन इमान अध्यारो अनुहार लिएर भेट्न पुग्छ।
बुढाले — अनुहार मलिनो देख्छु, के भयो बाबु ? भनी सोधे ।

इमानले — आमा सरकी सासूलाई क्यानसर भएछ। मेरा जेठानहरु खाडी मुलुकमा छ्न्। तत्काल पैसा पठाउन नसक्ने भए । ६ महिनाभित्र तिर्छन् रे!धर्मै हुन्छ।ठुलोबाले उनीहरुलाई चिन्नुहुन्न। मेरो मुखहेरेर सापट दिनपर्‍यो। मैले दिने ब्याजभन्दा बढी दिलाउला भनी लोभ्यायो।

बुढाले– तेरो वचन म हार्न शक्तिनँ। कतै कुरा नखुस्काउनु भनी बैंक पुगेर नाममात्रको पैसा खातामा राखी अरु इमानलाई सुम्पिए।

ठुलै रकम हातपारेपछि इमान विभिन्न बहाना बनाएर आउन छाड्यो। छोराबुहारी आफैँमाथी खन्निने हुँदा यो कुरा सुनाउने साहस उनमा भएन। बुढा — किन चाउरिस मरिच आफ्नै पिरले भनेझैं भए। इमानले एकबर्षपछि बल्ल फोन उठाएर — ठुलोबा चिन्ता नलिनुहोस्। इमानको बोली ढुंगामा लेखेको अक्षरझैँ हुन्छ।कथम कदाचित तपाईं तलमाथि परेमा दाजुभाउजूलाई– ठुलोबाले राख्न दिनुभएको किरियाखर्च भनेर इमानदारीपूर्वक फर्काउछु भन्यो।।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x