फित्काैली डटकमअग्रज कवि रामचन्द्र भट्टराईकाे निधन
कृतिशेष भट्टराईले साहित्यकाे संस्थागत विकासमा उहाँले उल्लेखनीय याेगदान दिनुभएकाे छ । राजनीतिक, सामाजिक- सांस्कृतिक रूपान्तरणमा पनि उहाँको महत्त्वपूर्ण भूमिका रहेकाे छ ।

बुटवल, २०८१ माघ १३ । अग्रज कवि रामचन्द्र भट्टराईकाे निधन भएकाे छ । ८४ वर्षिय भट्टराईको आज बिहान ११ बजे हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ। उहाँको निधनले नेपाली साहित्यले महत्त्वपूर्ण स्रष्टालाई गुमाएको छ। कविता विधामा उहाँको विशिष्ट याेगदान रहेकाे छ ।
आज बिहान खाना खाएर दिउँसो घरमै आराम भएका उनी कोही नभएको समयमा अचेत भएपछि भाडामा बस्नेले आफन्तलाई खबर गरेका थिए ।
उहाँका छोरी ज्वाइँ हरि ज्ञवालीका अनुसार बेहोस अवस्थामा पाएपछि अस्पताल लगिँदा डक्टरले मृत घोषणा गरेका हुन् ।
वि. सं. १९९८ असाेज ५ गते भुवनपाेखरी, पाल्पामा जन्मनुभएका उहाँका बाेई (२०३२) गीतिकाव्य, हलाे (२०३७), ह्रदयका फूलहरू (२०४६), झिङ्गे माछाे (२०४७), आगाेका फूलहरू (२०६१), सेताे हात्ती (२०६३) कविता सङ्ग्रह, सुखानीकाे रगत (२०४९) गीत सङ्ग्रह, ज्वाला (२०६४) उपन्यास आदि कृति प्रकाशित छन् ।
उहाँ प्रगतिशील धाराका सशक्त साहित्यकार हुनुहुन्थ्यो र साहित्यकाे संस्थागत विकासमा उहाँले उल्लेखनीय याेगदान दिनुभएकाे छ । राजनीतिक, सामाजिक- सांस्कृतिक रूपान्तरणमा पनि उहाँको महत्त्वपूर्ण भूमिका रहेकाे छ ।
नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चका पूर्व अध्यक्ष भट्टराई राष्ट्रिय सभा सदस्य हुनु भएकाे थियाे ।
पत्रकारितामा समेत योगदान पुर्याउनु भएका भट्टराई यस क्षेत्रको पुरानो चर्चित पत्रिका दैनिक निर्णयको सम्पादकको रुपमा समेत सक्रिय रहनु भएकाे थियाे।
पछिल्लो समय राजनीतिमा निस्क्रिय उहाँ एमालेबाट नेकपा माओवादी हुँदै नेकपा एकीकृत समाजवादी पार्टीकाे केन्द्रिय सल्लाहकार समेत रहनु भएकाे थियाे ।
काठमाडौंमा रहेका छाेरा अनुष्टुप भट्टराई बुटवल पुगेपछि बुधवार स्थानीय मगरघाटमा उहाँकाे अन्त्येष्टि गरिएकाे छ ।
महिला आन्दोलन र साहित्यमै सक्रिय उहाँकी जीवन संगिनी मैया भट्टराईको भने गत वर्ष निधन भएको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest







































