साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीरगति

गाउँका युवा देख्नासाथ - ए तिमरुलाई लाज लाग्दैन ? जाओ तिमरु पनि वीरगति लिन भन्दै लखेट्छिन रे !

Nepal Telecom ad

आर.सी. रिजाल :

छोराले घरभन्दा ४/५ कान्लो माथिदेखि “आमाआमा” भन्दै चिच्याएको सुनेर सुपार्नी बुढी आत्तिएर- के भयो बाबू ? भन्दै आगनमा निस्किन्।
छोरा – आमा मलाई विदेश जाने चिठ्ठा पर्‍यो ।

सुपार्नी बुढी – कति रुपैयाँको बाबू ?

छोरा- कतिकति हजारौं, लाखौं ! आमा अब इट्टाको गारो भएको घरमा तपाइँलाई राखौँला । म पनि लाठे भैहालेँ । अब ४/५ वर्षपछि बुहारी पनि भित्र्याउँला। तपाईंका दुखकाे खड्गो कटे आमा भन्दै खुट्टामा बारम्बार ढोग्याढोग्यै गर्‍यो ।

गाउँलेहरू “गर्भे टुहुराको दिन फिर्छ” भन्थे हो रैछ भनी गफ गर्नथाले । गोर्खाली त्यसमाथि हट्टाकट्टा गोराको फौजमा छनौट भयो। बेलाबेला युद्धभूमि गइरहेकै हो।यसपटक पनि अग्रपंक्तिमै थियो। तर “आमा” भनेर ढल्यो रे!

सुपार्नी बुढी उबेलाँ गाउँको घर नबिराइ हाँस्दै “छोराले जागीर पायो” भन्दै हिँडेकी थिइन् । हिँड्न त अहिले पनि हिँडेकी छिन । तर विक्षिप्तभै झाँक्रो फिँझाएर कराउँदै – “मेरो छोराले वीरगति पायो ! मेरो छोराले …” भन्दै।

गाउँका युवा देख्नासाथ – ए तिमरुलाई लाज लाग्दैन ? जाओ तिमरु पनि वीरगति लिन भन्दै लखेट्छिन रे !

०००
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x